प्रधानमन्त्री ओली डिस्चार्ज

काठमाडौं, फागुन ३० गते । मृगाैला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली आजै डिस्चार्ज  भएका छन् । स्वास्थ्य लाभ भएपछि आज साँझ नै उनी डिस्चार्ज भएका हुन् । उनी १० दिन अघि अस्पताल भर्ना भएका थिए । उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मृगाैला दिएकी थिइन् । समीक्षा यस अघि […]

प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुने

काठमाडौँ, ३० फागुन । मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्‍त्री केपी शर्मा ‍ओली डिस्चार्ज हुँदै छन् । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार ९आज० साँझ अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्रेम खड्गाका अनुसार मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री ओली डिस्चार्ज भएपछि बालुवाटार फर्कनेछन् । प्रधानमन्त्री […]

(कोभिड–१९) को सङ्क्रमण भित्रिन नदिन पाँच नाका बन्द, पाँचमा हेल्थ डेस्क

काठमाडौं, ३० फागुन । कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् । डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिए । बलरा, धरम, ढोया, कुस्मत र खैरेनी […]

सुचिंदा श्रेष्ठको स्वरमा सजिएको (एकचोटी आइदेउन) सार्वजनिक

सुचिंदा श्रेष्ठको स्वरमा सजिएको म्युजिक भिडीयो एकचोटी आइदेउनु सार्वजनिक भएको छ । सुचिंदा श्रेष्ठको स्वर अमन प्रदानको शब्द संगीत रहेको गीतमा एरेन्ज समेत संगीतकार प्रधानकै रहेको छ । रोमान्टिक शैलीको म्युजिक भिडीयोमा सृष्टि श्रेष्ठ र सन्जिब थेबे लिम्बु फिचर्ड छन् । निसान घिमिरे कस्यपले निर्दशन गरेको म्युजिक भिडीयोमा दिव्य क्षेत्रीको मेकअप, उत्सब दाहालको छायाँकन रहेको […]

गुल्मीमा २८९ जनामा एचआइभी संक्रमण

गुल्मी, ३० फागुन । गुल्मी जिल्लामा २८९ जनामा एचआइभी संक्रमित रहेको पाइएको छ । तीमध्ये सबैभन्दा बढी सत्यवती गाउँपालिकाका छन्। उक्त गाउँपालिकाका ५२ जनामा एचआइभीको संक्रमण देखिएको छ। यस्तै, रुरुक्षेत्र गाउँपालिकामा ३५, छत्रकोटमा २८, गुल्मीदरबारमा १६ जनामा एचआइभी संक्रमित रहेका छन्। इस्मामा १८, धुर्कोटमा २२, मालिकामा १५, मदानेमा १३, कालीगण्डकीमा चार, चन्द्रकोटमा २०, रेसुङ्गा नगरपालिकामा […]

जग्गा खरिद गरिदिने भन्दै ९ लाख लुटियो

चितवन, ३० फागुन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा आज दुई जनाको नौ लाख रुपैयाँ लुटिएको छ । गुल्मीको सत्यवर्ती गाउँपालिका –६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्ती लुटिएका हुन् । उनीहरुलाई खैरहनी नगरपालिकामा जग्गा खरिद गरिदिने भन्दै अनिल राई नामका व्यक्तिले बोलाएको र उनैले पैसा लुटेको पीडितले जनाएका छन् । राईले […]

आईपीएल क्रिकेट अप्रिल १५ सम्म नहुने

नयाँ दिल्ली, कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेट स्थगित भएको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्डले आईपीएल अप्रिल १५ तारिखसम्मका लागि स्थगित भएको जनाएको छ।

अत्याधिक वर्षा पछि डोल्पामा भारी हिमपात शुरु, विमानस्थल बन्द

डोल्पा, ३० फागुन । आज बिहानदेखि शुरु भएको वर्षात्पछि डोल्पामा भारी हिमपात शुरु भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा हिउँले सेताम्य भएको छ । त्यसैगरी तल्लो र मध्य डोल्पामा पर्ने दुनै, सुँ, जुफाल, माझफाल, रह, लिकु, त्रिपुराकोट, पहाडा, काइगाउँलगाइयतका बस्तीमा पनि बाग्लो हिउँ जमेको छ । बिहानैदेखि शुरु भएको हिमपात […]

कोभिड-१९ बारे जानकारी दिन सरकारले स्थापना गर्‍यो २४ घन्टे कल सेन्टर

काठमाडौं, ३०फागुन । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेसंगै कोरोना भाइरसबारे नागरिकलाई जानकारी गराउन सरकारले शुक्रबारबाट कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ। रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेका अनुसार कोरोना भाइरसबारे नागरिकको चासो र गुनासो सुन्न यस्तो सेवा सुरू गर्न लागिएको हो। अब आजबाट […]

विद्यालयलाई केन्द्रको निर्देशन, चैत ७ भित्र विवरण नपठाए सुविधा रोकिने

काठमाडौं, ३० फागुन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विकासका लागि छनोट भई अनुदान प्राप्त गरिरहेका विद्यालयहरुलाई आवश्यक विवरण तत्काल पठाउन निर्देशन दिँदै अन्यथा सुविधा रोकिने स्पष्ट पारेको छ । नमूना विद्यालय छनोट भएका विद्यालयहरुले न्युनतम रुपमा नमुना विद्यालयका लागि स्वीकृत गुरुयोजना, अंग्रेजी गणित र विज्ञान विषय शिक्षकको विवरण, निर्दे्शिका बमोजिम प्रधानाध्यापकको नियुक्तिको […]