प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुने

काठमाडौँ, ३० फागुन । मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्‍त्री केपी शर्मा ‍ओली डिस्चार्ज हुँदै छन् । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार ९आज० साँझ अस्पतालबाट डिस्चार्ज हुने भएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्रेम खड्गाका अनुसार मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री ओली डिस्चार्ज भएपछि बालुवाटार फर्कनेछन् । प्रधानमन्त्री ओलीको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो।

Loading...