प्रधानमन्त्री ओली डिस्चार्ज

काठमाडौं, फागुन ३० गते । मृगाैला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली आजै डिस्चार्ज  भएका छन् । स्वास्थ्य लाभ भएपछि आज साँझ नै उनी डिस्चार्ज भएका हुन् ।

उनी १० दिन अघि अस्पताल भर्ना भएका थिए ।

उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मृगाैला दिएकी थिइन् । समीक्षा यस अघि नै डिस्चार्ज भैसकेकी छन् । प्रधानमन्त्री ओलीलाई अस्पतालमा भेट्न समीक्षा र प्रम पत्नी राधिका शाक्यलाई मात्र अनुमती दिइएको थियो ।

ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।

Loading...