रोकिएका फुटबल खेलहरु चाँडै सुरु गर्नु गैरजिम्मेवार हुने फिफाको चेतावनी

काठमाडाै । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रोकिएका फुटबल लिग तथा प्रतिस्पर्धाहरु तत्काल पुनः सुरु नहुने बताएका छन्। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रोकिएका फुटबल खेलहरु चाँडै सुरु गर्नु गैरजिम्मेवार हुने बताएका छन्। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वका प्रायः सबै फुटबल गतिविधि रोकिएका छन्। विश्वभरका घरेलु लिग तथा अन्तर्राष्ट्रिय खेलहरु पनि रोकिएका छन् । यो […]

गृहयुद्धले नराम्ररी थला परेको यमन कोरोनाको झन ठूलाे त्रासमा

काठमाडाैं । विगत पाँच वर्षदेखि गृहयुद्धको चेपेटमा आएको यमनमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यमनमा कोरोना भाइरस संक्रमणका पहिलो बिरामी भेटिएसँगै सहयोगी संस्थाले चिन्ता व्यक्त गरेका छन् । सन् २०१५ देखि जारी हिंसाका कारण यमनको स्वास्थ्य सेवा गम्भीर रुपमा प्रभावित भएको छ । अब कोरोना भाइरसको संक्रमण देखिएसँगै गम्भीर चिन्ता थपिएको सहयोगी संस्था अक्सफामले […]

आफ्नो आँखाको ज्योति गुम्न थालेको भन्दै अमिताभ बच्चनले लेखे यस्तो स्टाटस

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनले तस्बिर धमिलो देख्न थालेको भन्दै आफ्नो आँखाको ज्योति गुम्ने हो की भन्ने चिन्ता व्यक्त गरेका छन्। बच्चनले शुक्रबार आफ्नो ब्लगमा लेखेका छन्, ‘मेरा आँखाले तस्बिर धमिलो देख्न थाले। कैयौँ पटक त दुई–दुई चिज पनि देखिन्छ। पछिल्लो केही दिनदेखि मेरो आँखाको ज्याेति गुम्ने हो कि भन्ने लाग्न थालेको छ।’ ब्लगमा […]

प्रतिबन्ध खुकुलो पार्न हतार नगर्न विश्वस्वास्थ्य संगठनको चेतावनी, संक्रमणको पुनरावृत्ति भयानक हुनसक्ने

काठमाडाैं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अपनाइएका लकडाउनसहितका उपाहरुहरु चाँडै नै अन्त्य गर्दा संक्रमणको पुनरावृत्ति हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले प्रतिबन्धहरु फुकुवा वा खुकुलो बनाउँदा देशहरु सचेत बन्नु पर्ने बताएका छन्। प्रतिबन्धका कारण आर्थिक समस्या या संकट आउने भए पनि त्यसले […]

दाना नपाएर कुखुरालाई घाँस हाल्दै किसान, यसरी बन्छ कुखुराका लागि घाँसको दाना

कैलाली । कैलालीको टीकापुर नगरपालिका–३ का कुखुरा व्यवसायी ठाकुरप्रसाद चौधरीले कुखुराको दानाका लागि घाँस तयार पार्दै थिए । सरकारले मुलुकभर लागू गरेको लकडाउनका कारण दाना उपलब्ध नहुँदा करिब एक हप्तादेखि चौधरीले फार्ममा रहेका करिब ५०० कुखुरालाई घाँसको दाना बनाएर खुवाउँदै आएका छन् चौधरी मात्र होइन, यहाँका अन्य कुखुरा व्यवसायीले पनि उनकै सिको गर्न थालेका छन्। […]

शंखमुलमा रहेको आइकालुलाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौंको शंखमुलस्थित एक मासु पसललाई २ लाख जरिवाना गरिएको छ । शंखमुल ओरालोमा रहेको आइकालु मिटसेन्टरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हो । अठार सय रुपैया प्रति किलोको दरले खसिको मासु बिक्रि गरेको पाइएपछि ठाउँको ठाउँ जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागले जनाएको छ । बाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागको अनुगमनका क्रममा […]

भारतीय मिडियाहरुको नेपालबारे अर्काे अफवाह

भारतीय मिडियाहरुले नेपालबाट भारतमा कोरोना भाइरस फैलाउने षड्यन्त्र भैरहेको अफवाह फैलाइरहेका छन् । नेपालको पर्सा बाट यस्तो प्रयास भैरहेको उनीहरुको आरोप छ । समाचारमा पर्साका एक मेयर जालिम मुखियाको संरक्षकत्वमा १ दर्जन बढी पाकिस्तानी मुसलमानहरुले यस्तो योजना बनाइरहेको बताइएको छ । समाचारमा भनिएका व्यक्ति जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ हुन् । उनी सत्तारुढ दल नेपाल […]

साथीको कोरोना लकडाउन डायरी : भद्रगोलमा गोल गर्ने तयारी

निर्मल भट्टराई नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनमा मेरो एक जना तुफानी जीवनशैली भएको साथी के गर्दै होला भन्ने उत्सुकता मलाई पहिलो भाले डाकसंगै शुरु भयो । कोरोनाले ल्याइदिएको अनपेक्षित फुर्सदले आफ्ना पुराना जिग्री साथीहरु सम्झना गरें मैले । अरु गर्ने नै पो के थियो र ! आज एकाविहानै सम्झेको मेरो साथी चाहिं सानैदेखि अलि […]

कोरोनाबाट मृत्यु हुने संख्या लाख नजिक, न्यूयोर्कमा मात्रै सात हजार बढीको मृत्यु

काठमाडौं, २८ चैत । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या ९५ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या ९५ हजार पाँच सय ६ पुगेको हो । भाइरसबाट अहिलेसम्म इटालीमा सबैभन्दा धेरै १८ हजार दुई सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै सबैभन्दा धेरै […]

कोरोनाले नेपालमा भयानक भोकमरी आउने भन्दै कृषिमन्त्री घनश्याम भुषालले नै लेखे यस्तो पत्र

काठमाडौं, २८ चैत । नेकपाका युवा नेता तथा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण नेपालमा भयानक भोकमरीको अवस्था आउन सक्ने खतरा औँल्याएका छन् । स्थानीय सरकारहरुलाई पत्र लेखी उनले कतिपय मुलुकले कृषि उत्पादनको निकासीमा बन्देज लगाउन थालिसकेको र अन्तर्राष्ट्रिय बजारमा बढ्ने खाद्यान्नको मूल्य थेग्न कठिन हुने बताएका छन् । यस्ताे अवस्थामा […]