संक्रमणदर सबैभन्दा बढी राजधानीमा, फेरि थपिए १७२ संक्रमित

काठमाडौं‌, ३२ साउन । राजधानी काठमाडौंमा देशभरमा सबैभन्दा बढी संक्रमित लगातार देखिएका छन् । कोरोना भाइरसको संक्रमण दर पछिल्लो समय काठमाडौं उपत्यकामा छ । पछिल्लो २४ घण्टामा देशभरमा ६४१ जना संक्रमित थपिएकोमा काठमाडौं उपत्यकामा मात्रै १ सय ७२ जना कोरोना संक्रमित भेटिएका हुन् । यसअघि शनिवार काठमाडौंमा १२७ जना संक्रमित भेटिएका थिए । त्यसमध्ये काठमाडौं […]

प्रहरीले सम्हाल्न नसकेपछि लकडाउन कार्यान्वयन गर्न विरगञ्जमा सेना परिचालन

काठमाडौं, ३२ साउन । समुदायस्तरमै काेराेना फैलिएपछि लगाइएकाे लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेपछि पर्साकाे सदरमुकाम विरगञ्जमा सेना परिचालन गरिएकाे छ । जिल्ला सुरक्षा समिति पर्साले वीरगन्ज क्षेत्रमा जारी लकडाउन थप कडा बनाउन सेना परिचालन गर्ने निर्णय गरेकाे हाे । नेपाल प्रहरी मात्र प्रयाप्त नभएकाे निष्कर्षमा पुगेर सुरक्षा समितिले सेना परिचालन गर्ने निर्णयमा पुगेकाे बताइएकाे […]

फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा

विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ। पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल नभएको हो। पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ। एशियाली देशतर्फ नेपाल २१औँ स्थानमा छ । […]

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र प्रसूति विभाग प्रमुखलाई कोरोना संक्रमण

चितवन । चितवनकाे भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्टसहित चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारी र प्रसूति विभागका प्रमुख डा. सुनिलमणि पोखरेललाइ काेराेना संक्रमण भएकाे हाे । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले अस्पतालको फेसबुक पेजमार्फत प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीसहित अस्पतालका तीन डाक्टर र एक […]

समुदायस्तरमै कोरोना फैलिएपछि मध्यपुरथिमी नगरपालिकामा १० दिनका लागि लकडाउन, अस्पताल पनि पूरै सिल

काठमाडाैं । भक्तपुरको मध्यपुरथिमी नगरपालिकामा १० दिने लकडाउन घाेषणा गरिएकाे छ । यस नगरपालिका समुदायस्तरमै संक्रमण फैलिएपछि लकडाउन गरिएको बताइएकाे छ। नगरपालिकाले साउन ३२ देखि भदौ ९ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेकाे हाे । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहित शनिबार साँझ बसेको आकस्मिक बैठकले यस्ताे निर्णय […]

रुसले थाल्यो कोरोना खोप उत्पादन, यही महिना बजारमा लग्ने तयारी

काठमाडौं । रुसले आफूले बनाएको कोरोना खोप उत्पादन थालेको छ। रुसी स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार यही (अगस्ट) महिनाको अन्त्यसम्ममा खोप बजारमा आउनेछन्। कतिपय विशेषज्ञले भने रुसले चाँडै खोप बनाउने चक्करमा अपनाउनुपर्ने सुरक्षाका विषयमा सम्झौता गरेको (अपनाउनुपर्ने जति नअपनाएको) भन्दै चिन्ता व्यक्त गरेका छन्। रुसमै गरिएको स्वतन्त्र सर्वेक्षणमा त्यहींका आधाभन्दा बढी स्वास्थ्यकर्मीले खोपप्रति […]

नेपाली राष्ट्रिय भलिबल टीममा रहेका खेलाडीको कोरोना बीमा गरिने

काठमाडौं । लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको खेलाडीको कोरोना बीमा गरिदिने भएको छ । ट्रष्टले नेपालमा गत वर्ष मङ्सिरमा सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकूद (साग) खेलेका महिला तथा पुरुष खेलाडीको बीमा गर्न लागेको हो । खेलाडीको आत्मबल बढाउने उद्देश्यले कोरोना बीमा गर्न लागिएको ट्रष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ […]

महेन्द्रसिंह धोनी र सुरेश रैनाले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यासको घोषणा गरेका छन्। पूर्वकप्तान धोनीले शनिबार बेलुका सामाजिक सञ्जाल इन्टाग्राममा स्टाटस लेख्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका छन्। भारतका लागि विश्वकप, टी ट्वान्टी विश्वकप र च्याम्पियन्स ट्रफि जस्तो विश्वका तीन ठूला उपाधि जिताउन मद्दत गरेका धोनीले सन्यास घोषणा गरेका छन्। उनले लेखेका छन्, `धन्यवाद, माया […]

आज साउन ३२ गते आइतबारको राशिफल

आज २०७७ साउन ३२ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस तपाईको आजको राशिफल मेष सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख […]

कोरोनाले भारतमा मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९५० जनाको मृत्यु भएसँगै भारतमा आइतबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५० हजार ८४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै भारतमा एकैदिन ६३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ६३ हजार […]