काठमाडाै । काेराेना भाइरसकाे महामारीका कारण नेपालकाे सबैभन्दा ठूलाे इन्टरनेट सर्भिस प्राेभाइडर कम्पनी वर्ल्डलिङ्कले २५ औ वार्षिकाेत्सव भर्चुअल माध्यामबाट मनाएकाे छ । मंगलबार वर्ल्ड लिंकले २५ औ वार्षिकाेत्सवका अवसरमा जुम एप्लिकेशनमार्फत कर्मचारी र मिडियासँग छुट्टाछुट्टै अन्तरक्रियात्मक कार्यक्रम गर्याे । कम्पनीमा अहिलेसम्म कार्यरत र पूर्व कर्मचारीहरु तथा निजी क्षेत्रका विभिन्न संघ संस्थाका नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरु […]
Author: Nonstop Khabar
काठमाडौंमा संक्रमण र मृत्यु दर बढ्यो, २४ घन्टामा उपत्यकामा मात्र ६७६ संक्रमित, ५ को मृत्यु
काठमाडौं, ३० भदौ । निषेधाज्ञा खुकुलाे भएलगत्तै काठमाडाैं उपत्यकामा काेराेना संक्रमण दर पनि ह्वात्तै बढेकाे छ। मंगलबार उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । त्यसैगरी संक्रमितकाे मृत्यु पनि बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित भेटिएका छन् । त्यस्तै पछिल्लाे २४ घन्टामा उपत्यकामा […]
एक हप्तामै आन्तरिक हवाई उडान र लामो दुरीको यातायात खोल्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, २९ भदौ । कोरोना भाइरसको महामारीका कारण बन्द भएको हवाइ यातायात र लामो दुरीका यातायात सेवा अब एक हप्तामै सुचारु हुने भएका छन् । सोमवार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक हवाइ यातायात सेवा र लामो दुरीका यातायात सेवा असोज ५ गतेबाट खोल्ने निर्णय गरेको हो । यसअघि सरकारले यी दुबै सेवा खोल्नका लागि पटक पटक […]
बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, २९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सरकारले सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गौतमलाइ राष्ट्रिय सभा सदस्य बनाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेकाे हाे । यसअघिका अर्थमन्त्री समेत रहेका डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि उनकाे रिक्त रहेकाे ठाउँमा नेता गाैतमलाइ […]
नेपालमा कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरै १९ जनाको मृत्यु
काठमाडौं, २९ भदौ । नेपालमा काेराेना संक्रमणबाट एकैदिन अहिलेसम्म बढी मानिसकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मृत्यु भएका मध्ये १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकाे जनाएकाे छ । मन्त्रालयका अनुसार काठमाडौंमा नै ६ जनाकाे मृत्यु भएकाे छ । त्यसैगरी भक्तपुर, कपिलवस्तु र रुपन्देहीका २/२ जनाएकाे मृत्यु भएकाे छ । […]
सोमवार ११७० जना संक्रमित भेटिए, उपत्यकामा ५१२
काठमाडौं, २९ भदौ । साेमवार नेपालमा एकैदिन ११७० जनामा काेराेना भाइरसका संक्रमित फेला परेका छन् । यसअघि झै सबैभन्दा बढी संक्रमित ५१२ जना उपत्यकामा थपिएका छन् । उपत्यकामा पनि सबैभन्दा बढी काठमाडाैं जिल्लामा संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जना संक्रमित थपिएका छन् । मन्त्रालयका […]
जापानमा कर्णालीबासीहरु संगठित, अध्यक्षमा कृष्ण शाही
टोकियो । कर्णाली प्रदेशबाट जापानमा बिभिन्न राेजगारी तथा अध्ययनका लागि बसाेवास गरिरहेकाहरु संगठित भएका छन् । जापानमा बसाेवास गर्ने नेपालीहरुका विभिन्न क्षेत्रीय संगठनहरु छन । तर, अहिलेसम्म कर्णालीवासीहरुकाे संगठन बन्न सकेकाे थिएन । आइतवार एक भर्चुअल भेला गरी कर्णाली प्रदेश समाज जापानकाे गठन भएकाे हाे । भेलाले कृष्ण शाहीकाे संयाेजकत्वमा कार्यसमिति गठन गरेकाे छ । […]
दशगजामा गोली चल्दा एक नेपाली युवक घाइते
विराटनगर, २९ भदाै । भारत र नेपालको सीमा क्षेत्रस्थित दशगजामा गोली चल्दा एक युवक घाइते भएका छन्। विराटनगर र भारतको जोगबनीको दशगजामा विराटनगर १२ का दीपक मण्डल घाइते भएको प्रहरी कार्यालय मोरङ्गले जनाएको छ। मोरङ्गले प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार घाइते मण्डल खुट्टाको औलामा चोट लागेको छ । २४ वर्षीय मण्डल लागु औषध […]
फेरि छिर्न खोज्दै नेटवर्किङ व्यवसाय, ‘कानुनी छिद्र’ बन्द गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ, २९ भदाै । नेपालमा फेरि कानुनी छिद्रको प्रयोग गरेर नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने कम्पनी दर्ता हुन थालेपछि संसदीय अध्ययन उपसमितिले त्यसलाई रोक्न सुझाव दिएको छ। संसदको उपभोक्ता हित तथा संरक्षण समितिले सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित पाँच सदस्यीय अध्ययन उपसमितिले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, ०७४ र त्यसको नियमावली २०७६ संशोधन […]
हुम्लामा ५० करोडको सिमी उत्पादन, बिक्री भने ४० प्रतिशत मात्र
हुम्ला । यसवर्ष हुम्लामा पचास करोडभन्दा धेरैको रैथाने सिमी उत्पादन भएको छ । यसबाट हुम्ली किसानहरूले वर्षेनी राम्रो आम्दानी गर्न सफल भएका छन् । नगदे बालीका रुपमा चिनिएको सिमीको ब्यापारले हुम्लाका किसानहरू पछिल्लो समयमा राम्रो आम्दानी दिने गरेको छ । दिनप्रति दिन यसको माग बढ्दै गए पनि उत्पादनमा विविधता र विकासे तरिका अपनाइएको छैन । […]











