सरकारविरुद्ध पशुपतिमा ठूलो प्रदर्शनको तयारी, व्यापक प्रहरी परिचालन

काठमाडौं । पशुपतिनाथ मन्दिरको मूलढोका अगाडि आज ठूलो जनसमूह जम्मा हुन लागेको छ । पशुपतिनाथको ढोका खोलेर भक्तजनहरुले पुजापाठ गर्न पाउनुपर्ने भन्दै त्यसका विरुद्ध यो प्रदर्शन गरिएको बताइएको छ । भण्डारी समाजका अध्यक्ष केदारमान भण्डारीले सामाजिक सञ्जालमा व्यापक प्रचारप्रसार गरी सबैलाई आजको प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । उनले यो संयुक्त धार्मिक सामाजिक संघसंगठनहरुको […]

कांग्रेस महामन्त्री शशांक कोइराला आइसियूमा, बेलाबेलामा अक्सिजन दिइँदै

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई आइसियूमा भर्ना गरिएको छ। काेइरालालाइ कोरोनाभाइरसको संक्रमण भएकाे छ । संक्रमणका क्रममा उनलाइ उच्च ज्वरो आएकाे थियाे । ज्वराे बढेपछि उनलाइ ओम अस्पतालको आइसियुमा राखेर उपचार गरिएकाे थियाे । कोइरालाको ज्वरो नियन्त्रणमा आएको छ। कोइरालाको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको अस्पताल स्राेतले जनाएकाे छ ।  अस्पतालले उनकाे स्वास्थ्य […]

कोरोनाको त्रासबीच नेपालका हिमाल चढ्न बहराइनका राजकुमारको टोली काठमाडौंमा

काठमाडौं, ३१ भदौ । काेराेनाकाे त्रासकाबीच नेपालका हिमाल चढ्नका लागि बहराइनका राजकुमारकाे टाेली नेपाल आइपुगेकाे छ । मध्यपूर्वको मुलुक बहराइनका राजकुमार तथा राजपरिवारका सदस्यसहित १८ जनाको टोली आइपुगेकाे छ ।  उनीहरुले आफ्नाे छुट्टै विशेष विमान ल्याएका छन् । उनीहरू चढेको विमान बुधबार बिहान सवा ११ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।   टोलीमा बहराइनको डिफेन्स फोर्समा […]

पहाडबाट लेदो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा मंगलबार बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए। सडकमा झरेको […]

केपी ओलीका मतदाताको छानो फेर्न भनेर १ अर्ब ३६ करोड विनियाेजन भएकाे खुलासा

झापा । झापा क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ।  सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुर गरेसँगै झापा क्षेत्र नम्बर ५ मा पर्ने चार पालिकामा फुसको छानो परिवर्तन हुन लागेको हो। यसका लागि सरकारले रु एक अर्ब ३६ करोड ५० लाख […]

सुगा बने जापानको नयाँ प्रधानमन्त्री

काठमाडाैं । जापानको नयाँ प्रधानमन्त्री योशिहिदे सुगा बनेका छन् । संसदमा बुधबार भएको चुनावमा सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । यसअघि जापानको सत्तारुढ पार्टीले योशिहिदेलाई नयाँ नेता बनाउने निर्णय गरेसँगै उनी प्रधानमन्त्री बन्ने पक्का भएको थियो । गएको महिना शिन्जो आबेले स्वास्थ्यका कारण प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । ७१ वर्षका योशिहिदे यसअघिको मन्त्रीपरिषदमा मन्त्रीपरिषद सचिवको […]

काठमाडौंमा भुकम्पको ६ म्याग्निच्यूडको ठूलो धक्का महशुस

काठमाडौं । काठमाडौंमा अहिले बिहानै भुकम्पकाे धक्का महशुस गरिएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भएको भूकम्प गएको जानकारी दिएकी छन । उनले भुकम्पकाे नेपालमा ६ म्याग्निच्यूड मापन गरिएको पनि जानकारी दिएकी छन। सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गए पनि काठमाडौं […]

हुम्लामा अठार करोडको रैथाने चिनु उत्पादन

हुम्ला । हुम्लाको मुख्य रैथाने अन्नबालीको रुपमा चिनिएको चिनु प्रति वर्ष १८ करोडभन्दा धेरै उत्पादन हुने गरेको छ । हुम्लामा ७८ हेक्टर क्षेत्रफलमा रैथाने बाली चिनुको खेती गरिन्छ भने यसबाट प्रति बर्ष हुम्लीहरूले एक सय ८१ मेटि्क टन चिनु उत्पादन हुँदै आएको जानकारी कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चन्द्रभुषण झाले दिएका छन् यसको स्थानीय […]

मंगलबार थपिए १४५९ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १४५९ जना कोरोना भाइरसकाा संक्रमण थपिएका छन। यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५६७८८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित राजधानीमा देखिएका छन् । राजधानीका तीन जिल्लामा गरेर ६७६ जना कोरोनाका संक्रमित थपिएका छन् । त्यसमध्ये पनि काठमाडौं जिल्लामा ठूलाे संख्यामा संक्रमित छन् । मन्त्रालयका […]

पूर्व अर्थमन्त्री डा. खतिवडा प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकार नियुक्त

काठमाडौँ । सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्री सरहको सुविधा र हैसियत दिने गरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए। खतिवडालाई दोस्रोपटक राष्ट्रियसभा सदस्यमा मनोनित गरेर अर्थमन्त्रीमा निरन्तरता दिन प्रधानमन्त्री केपी शर्मा ओलीले चाहे पनि पार्टीको दबाब कारण […]