कांग्रेस महामन्त्री शशांक कोइराला आइसियूमा, बेलाबेलामा अक्सिजन दिइँदै

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई आइसियूमा भर्ना गरिएको छ।

काेइरालालाइ कोरोनाभाइरसको संक्रमण भएकाे छ । संक्रमणका क्रममा उनलाइ उच्च ज्वरो आएकाे थियाे । ज्वराे बढेपछि उनलाइ ओम अस्पतालको आइसियुमा राखेर उपचार गरिएकाे थियाे । कोइरालाको ज्वरो नियन्त्रणमा आएको छ। कोइरालाको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको अस्पताल स्राेतले जनाएकाे छ । 

अस्पतालले उनकाे स्वास्थ्य अवस्था स्टेबल रहेकाे र डराइहाल्नुपर्ने स्थिति नभएकाे जनाएकाे छ । उनकाे अक्सिजन मेन्टेन भएको र ज्वरो नियन्त्रणमा आएको  पनि अस्पतालले जनाएकाे छ । अहिले उनलाइ बेलाबेलामा अक्सिजन दिने गरिएकाे पनि बताइएकाे छ ।  उनलाइ हेरचाह गर्न सजिलो होस् भनेर आइसियुमा राखेर उपचार गरिएको पनि अस्पताल स्राेतले जानकारी दिएकाे छ । 

कोइरालालाई गत भदौ २३ मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो। संक्रमण भएपनि उनलाई लक्षण देखिएको थिएन। लक्षण नदेखिएपछि उनी होम आइसोलेसनमा बसेका थिए। ज्वरो आएपछि कोइरालालाई मंगलबार राति अस्पताल लगिएको थियो।

Loading...