राजधानीमा ५९७ संक्रमित देशभर १०३९

काठमाडौं, २८ भदौ । आइतवार नेपालमा १०३९ जना काेराेना भाइरसका संक्रमित देखा परेका छन् । देशभर अघिल्लाे दिनभन्दा संक्रमणकाे दर घटे पनि उपत्यकामा भने संक्रमण बढेकाे छ । आइतबार काठमाडाैं उपत्यकामा ५९७ जनामा काेराेना भाइरसकाे संक्रमण देखा परेकाे छ । त्यसमध्ये पनि धेरै संक्रमित काठमाडाै जिल्लाका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४८३ […]

सिन्धुपाल्चोकमा फेरि पहिरो, ३ को शव फेला, २८ वेपत्ता, गएराति सबैभन्दा ठूलो पानी बाह्रबीसेमा

काठमाडौं, २८ भदौ। सिन्धुपाल्चोकमा फेरि पहिराे गएकाे छ । बाह्रविसे नगरपालिका वार्ड नं ७ का तीन ठाउँमा पहिराे गएकाे हाे । साे ठाउँका नागपुजे र भिरखर्कमा गएकाे पहिरोले ठूलाे जनधनकाे क्षति पुगेकाे छ । अहिलेसम्म पहिराेमा परेका मध्ये ३ जनाकाे शव भेटिएकाे छ भने २८ जना वेपत्ता छन् । पहिरोले नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, […]

युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जापानकी नाओमी ओसाकाले हात पारिन

काठमाडौं । युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जापानकी नाओमी ओसाकाले जितेकी छन् । उनले दोस्रो पटक याे उपाधी हात पारेकी हुन् । न्यूयोर्कमा भएको महिलातर्फको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २-१ सेटमा पराजित गर्दै ओसाकाले दोस्रो पटक उपाधि जितेकी हुन् । पहिलो सेट ६-१ ले गुमाएपनि ओसाकाले त्यसपछि पुनरागमन गर्दै लगातार दुई सेट जितिन् । उनले […]

खुकुरी प्रहार गरी छिमेकी ५० वर्षीया महिलाको हत्या 

गाईघाट, २७ भदाै । उदयपुर जिल्लाको कटारी नगरपालिका–११ स्थित लखन थुम्का टोलमा शनिबार बिहान ९ बजेतिर ५० वर्षीया महिलाको हत्या भएको छ। सोही ठाउँका २५ वर्षीय युवकले खुकुरी प्रहार गरेर ती महिलाको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका–११ का २५ वर्षीय ईश्वर मगरले स्थानीयवासी ५० वर्षीया महिला डोरकुमारी राउतको […]

नारायणगढको वडा प्रहरी कार्यालयमा कार्यरत २६ जना प्रहरीमा कोरोना

चितवन, २७ भदाै । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र आज मात्र २२ जनामा कोरोना सङ्क्रमण देखिएको हो। बिहान आएको नतिजामा वडा प्रहरी कार्यालयका १० सहित ११ जना प्रहरीमा कोरोना पुष्टि भएको छ। यस्तै शनिबार आएको नतिजामा वडाका १२ जना […]

एमसीसीका दलालहरुले मलाई बदनाम गर्न लागेः भीम रावल

काठमाडौं, २७ भदौ । अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) पारित गराउन लागिपरेकाहरुले आफूलाइ बदनाम गर्न कुप्रचार गरेकाे भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले त्यसप्रति आपत्ती जनाएका छन् ।  नेता रावलले ती मान्छेहरु एमसीसीका दलालहरु भएकाे पनि दावी गरेका छन् । ट्वीटरमा एक पाेष्ट जारी गर्दै नेता रावलले आफूले मिलेनियम च्यालेन्ज […]

३५ लाखमा कछुवा विक्री गर्ने तयारी गर्दैगर्दा पाँच जना पक्राउ

काठमाडौँ, २७ भदाै । प्रहरीले काठमाडौँमा दुर्लभ वन्यजन्तु कछुवासहित पाँच जनालाई शनिबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गाका २५ वर्षीय सर्वराज बुढा, नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने १८ वर्षका सुरेन्द्र श्रेष्ठ र १९ वर्षका प्रमोद बास्कोटा, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ८ बस्ने २७ वर्षीय सन्तोष रम्तेल र रौतहटका १८ वर्षीय रुपेश तिमिल्सिना रहेका छन्। विशेष […]

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही

काठमाडौँ । औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही गरेको छ। मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेपछि काठमाडौंका चार र भक्तपुरका एक गरी कूल पाँच उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागले जनाएको हो। काठमाडौँको हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ‘इन्सेटेन्ट ह्यान्ड […]

आज फेरि १२०१ जनामा देखियो कोरोना भाइरसको संक्रमण

काठमाडौं, २७ भदौ । आज फेरि नेपालमा १२०१ जना काेराेना संक्रमित थपिएका छन् । शुक्रबार १४५४ जना संक्रमित देखिएकाेमा आज शनिवार १२०१ जनामा संक्रमण पुष्टि भएकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १०१७६ नमूना परीक्षण गरिएकाेमा उल्लेखित संख्यामा पाेजिटिभ देखिएकाे जनाएकाे छ । नेपालमा यससँगै कूल संक्रमितको संख्या ५३१२० पुगेको छ । त्यसमध्ये […]

पाँच हजार मिटर अग्लो स्थानमा निर्माण भयो १०८ सिंढीको भ्यूटावर

हुम्ला । हुम्ला जिल्लाको मारघोर हिमालमा रहेको पाँच हजार मिटर अग्लो स्थानमा १०८ वटा सिंढी भएकाे भ्यूटावर निर्माण गरिएको छ । प्राकृतिक रुपमा रहेको भिमदुलामा बनेकाे यस भ्यूटावरबाट सबैतिर अवलोकन गर्न अब सहज हुने भएको छ । महाभारतकालीन पाँच पाण्डवमध्ये एक सदस्य भिमसँग यहाँको लोककथन जोडिएको छ । जब पाण्डवहरु बाह्र वर्ष वनवास र एक […]