आज फेरि १२०१ जनामा देखियो कोरोना भाइरसको संक्रमण

काठमाडौं, २७ भदौ । आज फेरि नेपालमा १२०१ जना काेराेना संक्रमित थपिएका छन् । शुक्रबार १४५४ जना संक्रमित देखिएकाेमा आज शनिवार १२०१ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १०१७६ नमूना परीक्षण गरिएकाेमा उल्लेखित संख्यामा पाेजिटिभ देखिएकाे जनाएकाे छ ।

नेपालमा यससँगै कूल संक्रमितको संख्या ५३१२० पुगेको छ । त्यसमध्ये अहिलेसम्म ३३६ जनाको मृत्यु भएको छ भने ३७५२४ जना संक्रमित निकाे भएका छन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्र ८५२ जना निकाे भएर डिस्चार्ज भएकाे जनाएकाे छ ।

Loading...