राजधानीमा ५९७ संक्रमित देशभर १०३९

काठमाडौं, २८ भदौ । आइतवार नेपालमा १०३९ जना काेराेना भाइरसका संक्रमित देखा परेका छन् । देशभर अघिल्लाे दिनभन्दा संक्रमणकाे दर घटे पनि उपत्यकामा भने संक्रमण बढेकाे छ ।

आइतबार काठमाडाैं उपत्यकामा ५९७ जनामा काेराेना भाइरसकाे संक्रमण देखा परेकाे छ । त्यसमध्ये पनि धेरै संक्रमित काठमाडाै जिल्लाका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना छन् । यससँगै ललितपुर र भक्तपुरमा पनि संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।

स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारी अनुसार मोरङका ७१ जना, बर्दियाका ६१, धादिङका ३४, रुपन्देहीका ३१, चितवन र लमजुङका २७/२७ जना, सर्लाही २२, नवलपुरका २०, बाँकेका १७, धनुषा र कञ्चनपुर १४/१४ जना तथा नुवाकोटका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी नवलपरासीका ८ जना, कास्की, गोरखा, तनहुँ, सुर्खेत र कैलालीका ७/७ जना, स्याङ्जाका ५ जना, पर्सा, बारा र कपिलवस्तुका ४/४ जना, सुनसरी, महोत्तरी, सिराहा र डडेलधुराका ३/३ जना, खोटाङ, सप्तरी, रामेछाप, गुल्मी, प्युठान, जुम्ला र अछामका २/२ जना तथा उदयपुर, झापा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, दाङ, पाल्पा, दैलेख र रुकुम पश्चिमका १/१ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयले देशभरको प्रयोगशालामा आइतबार ९१६५ नमूना परीक्षण गरिएकाे र त्यसमध्ये ३६५ महिला र ६७४ पुरुषमा संक्रमण पुष्टि भएको जनाएकाे छ । यससँगै नेपालमा कूल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । संक्रमण भएकामध्ये अहिलेसम्म ३४५ जनाको मृत्यु भएको छ । ३८ हजार ६९७ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन् । देशभरमा १५ हजार ११७ संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Loading...