बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबै नेपाली कांग्रेस निकट रहेको बताइएको छ । आइतबार काठमाडौंबाट फर्किरहेको मुख्यमन्त्री पोख्रेलको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले ९ […]
Author: Nonstop Khabar
आधा किलो सुन लगेर भारततर्फ जाँदै गरेका दाजु बहिनी पक्राउ
बुटवल, १६ असोज । कपिलवस्तुमा आधा किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू दाजुबहिनी हुन्। मायादेवी गाउँपालिका वडा नम्बर ५ बनकछियाबाट ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्ता आधा किलो सुनसहित पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरू लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका थिए। उनीहरूको साथबाट […]
इँटाभट्टामा जिउँदै मान्छे जलाइएको घटनामा संलग्न हेड मिस्त्री पक्राउ
वीरगञ्ज । रौतहटमा इँटाभट्टामा जिउँदै मान्छेलाई जलाइएको घटनामा संलग्न रहेको आरोप लागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले रौतहटको राजपुर फरहदवामा भएको बम बिस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ निवासी ५५ वर्षीय बद्री सहनीलाई पक्राउ गरेको हो। सहनीलाई विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपाल–भारत सीमा क्षेत्रबाट […]
कोरोना संक्रमण ह्वात्तै बढेपछि राजधानी नआउन सरकारको आग्रह, काठमाडौमा १० दिनमा थपिए १० हजार बढी
काठमाडौँ । राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो १० दिनमा मात्र १० हजार संक्रमित थपिएपछि राजधानीवासीहरु चिन्तित बनेका छन । काठमाडौमा कोरोना बढेपछि सरकारले सर्वसाधारणलाई राजधानी नआउन आग्रह नै गरेको छ । शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण दर बढिरहेकाले […]
प्रम निवासमा कोरोनाको बिगबिगी, तीन सल्लाहकारसहित बालुवाटार भित्र काम गर्ने ७४ जनामा कोरोना
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकारसहित ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बालुवाटारस्थित एक उच्च स्रोतका अनुसार प्रधानमन्त्रीका सल्लाहकारहरु बिष्णु रिमाल, सूर्य थापा, राजन भट्टराई, निजी सचिव इन्द्र भण्डारीसहित कुल ७४ जनामा शनिबार संक्रमण देखिएको हो। नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका […]
कांग्रेस नेता गगन थापा र अर्जुननरसिंह केसीलाई कोरोना
काठमाडौँ । कांग्रेस नेताहरु गगन थापा र अर्जुननरसिंह केसीमा शनिबार कोरोना भाइरस संक्रमण देखिएको छ। कांग्रेस केन्द्रीय समिति बैठकअघि कोरोना भाइरस संक्रमण परीक्षण गर्ने क्रममा तीन केन्द्रीय सदस्यमा कोरोना संक्रमण देखिएको हो। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले कांग्रेसका तीन केन्द्रीय सदस्यसहित ६ जनामा संक्रमण देखिएको पुष्टि गरेका हुन्। शुक्रबारको परीक्षणका क्रममा थापा र […]
बहराइनका राजकुमारसहितको टोली सफलतापूर्वक लोबुचे हिमालमा
काठमाडौं । नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले आज लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ । आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले दिएको जानकारी अनुसार बहराइनका राजकुमारसहितको टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेको हो । यो सिजनको पहिलो आरोहण हो । हिमाल आरोहण […]
सिटी एक्सप्रेसले ल्यायो ग्राहकलाई हरेक दिन १० हजार हातमा पार्ने जुक्ति
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १० हजार हातमा योजना सार्वजनिक गरेको छ। नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्ने उद्येश्यले सिटीम मनी ट्रान्सफरले उक्त योजना सर्वजनिक गरेको हो। उक्त योजना २ महिनासम्म चल्ने सिटी मनी एक्सप्रेसले जानकारी दिएको छ। […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कोरोना संक्रमित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कोरोना संक्रमित भएका छन् । ट्रम्प मात्र नभएर उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै आफू क्वारेन्टिनमा बसेको र अब आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
बायर्नका रोवर्टो लेवान्डोस्की बने एम्बापे र नेयमारलाई पछि पार्दै यूईएफए वर्ष खेलाडी
बायर्न म्युनिखका रोवर्टो लेवान्डोस्की यूईएफए वर्ष पुरुष खेलाडी घोषित भएका छन्। गत सिजन क्लबलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका लेवान्डोस्की वर्ष पुरुष खेलाडी भएसँगै उत्कृष्ट फरवार्ड पनि बने। पेरिस सेन्ट जर्मन (पीएसजी)का केलियन एम्बापे र नेयमारलाई पछि पार्दै बायर्न म्युनिखका लेवान्डोस्की यूईएफए च्याम्पियन्स लिगको उत्कृष्ट फरवार्ड घोषित भएका हुन्। यूईएफएले बिहीबार राति जेनेभामा २०२०–२१ का […]











