काठमाडौं, १५ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयर र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिने भएको छ। सरकारले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिएको विषयमा आलोचना भइरहेका बेला प्राधिरकणले थाइ र एयर इण्डियालाई दिएको अनुमति पनि फिर्ता लिने तयारी भएको बताएको हो। बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा प्राधिरकणका […]
Author: Nonstop Khabar
विद्युतीय गाडीको कर घट्यो
काठमाडौँ । चालू आर्थिक वर्षकाे बजेटमार्फत सरकारले बढाएको विद्युतीय गाडीको कर घटेको छ। आयात गर्दा लाग्ने अन्तशुल्क १० प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्याएकोमा आज बसेको मन्त्रिपरिषद्को बैठकले घटाउने निर्णय गरेको हो। त्यसको कानुनी प्रावधान मिलाउन राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत भएको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। उनले आर्थिक ऐन २०७७ को दफा १८ को उपदफा […]
फेरि मनपरि निर्णय गर्न थालेको भन्दै प्रधानमन्त्री ओलीलाई भिम रावलले दिए चेतावनी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि सरकारमा मनपरी जथाभावी निर्णय गर्न थालेको भन्दै सत्तारुढ दलका नेता भिम रावलले आक्रोश पोखेका छन् । यसअघि पार्टी स्थायी समिति र सचिवालयमा महत्वपूर्ण राजनीतिक नियुक्ति गर्ने गर्ने निर्णय गरे पनि त्यसको उल्लंघन गर्दै प्रधानमन्त्री पार्टीमा फेरि संकटको पुनरावृत्ति हुने गरी काम गर्न थालेको उनले दावी गरेका छन् । […]
कर्णाली प्रदेश सरकार र प्राधिकरणबीच सुर्खेत विमानस्थल स्तरोन्नतिका लागि सम्झौता
सुर्खेत । सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको छ। नेपाल सरकार र कर्णाली प्रदेश सरकारबीच लागत साझेदारी अवधारणा अन्तर्गत सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नतिका लागि जग्गा अधिग्रहण, रनवे विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास निर्माण कार्य गराउन कर्णाली प्रदेश सरकार र नेपाल […]
गाई काटेर खाने तीन जना प्रक्राउ
स्याङ्जा । गाई काटेर खाने तीन जनालाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ। स्याङ्जाको गल्याङ नगरपालिका–९ जौबारीमा गत आइतबार राति १० बजे गाई काटेर मासु भाग लगाएको भन्ने सूचनाका आधारमा प्रहरीले बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार गल्याङ–९ का ३८ वर्षीय […]
हेर्नुस् बडादशैंसँग सम्बन्धित साइतहरू
२०७७ सालको बडादशैं नजिकिएसंगै नेपाल पन्चाङ्ग निर्णायक समितिले साइतहरुबारे निर्णय लिएको छ । समिति पदाधिकारीहरुको बैठकले साइतबारे आधिकारिक निर्णय लिएको हो । नेपाल पन्चाङ्ग निर्णायक समिति श्रोतका अनुसार यो साल बडादशैंको टीका लगाउने साइत कार्तिक १० गते सोमवार, बिहान १० बजेर १९ मिनेट जाँदा शुभ साइत रहेको छ । श्रीतुलजाभवानी यात्रा बिहान ८:४७ बजे,स्थिरासन बिहान […]
कोरोनाको निहुँ बनाएर पत्रकार निस्कासन गर्ने मिडिया हाउस विरुद्ध चरणबद्ध आन्दोलन सुरु
काठमाडौँ । विभिन्न सञ्चारसंस्थाबाट पीडित भएका पत्रकार तथा कर्मचारीले रिले अनशन सुरु गरेका छन्। कोरोना महामारीको बहानामा जबर्जस्ती मिडिया हाउसबाट निकालिएका, तलब नदिइएका तथा तलब माग्दा दुर्गम क्षेत्रमा सरुवाका साथै महिनौंदेखि तलब नदिने गरिएका पत्रकारहरुले चरणबद्ध आन्दोलनको घोषणा गर्दै पहिलो चरणमा पाँच दिने रिले अनसन सुरु गरेका हुन् । नेपाल पत्रकार महासंघको समन्वयमा बिहीबार पीडित […]
कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण पुष्टि
सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश अस्पताल-पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बिहीबार प्रदेश प्रमुख कलौनीलाइ कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो। प्रदेश प्रमुखको निजी सचिवालयले आज प्रेस विज्ञप्तिमार्फत प्रदेश प्रमुख कलौनीलाई कोभिड-१९ को सङ्क्रमण देखिएको जनाएको छ। प्रदेश प्रमुखका स्वकीय सचिव चूडामणि कलौनीले प्रदेश प्रमुखको […]
पीडित परिवारलाई भेट्न हिँडेका राहुल गान्धी र प्रियंका गान्धी पक्राउ
भारत । भारतको उत्तर प्रदेशको हाथरसमा सामूहिक बलात्कारपछि मृत्यु भएकी युवतीको परिवारलाई भेट्न जान लागेका भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार कांग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धी पीडित परिवारसँग भेट गर्न हाथरसका लागि हिँडेका थिए। तर उनीहरुमाथि नोयडाको ‘एक्सप्रेस वे’मा प्रहरीले बल प्रयोग गरेर उनीहरुको गाडी […]
केन्द्रमा सरुवा मागेर आउने वातावरण बनाअैां : महानिर्देशक अर्याल
सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले पदभार ग्रहण गरेका छन् । शिक्षक सेवा आयोगबाट केन्द्रको महानिर्देशकमा सरुवा भएका सहसचिव अर्यालले बुधवार पदभार ग्रहण गरेका हुन् । उपमहानिर्देशक अणप्रसाद न्यौपानेको नेतृत्वमा केन्द्रका कर्मचारीहरुले महानिर्देशक अर्याललाई स्वागत गर्नुका साथै परिचयात्मक कार्यक्रम समेत आयोजना गरेका थिए । कार्यक्रममा ३ महाशाखा र १७ शाखा […]











