कांग्रेस नेता गगन थापा र अर्जुननरसिंह केसीलाई कोरोना

काठमाडौँ । कांग्रेस नेताहरु गगन थापा र अर्जुननरसिंह केसीमा शनिबार कोरोना भाइरस संक्रमण देखिएको छ।

कांग्रेस केन्द्रीय समिति बैठकअघि कोरोना भाइरस संक्रमण परीक्षण गर्ने क्रममा तीन केन्द्रीय सदस्यमा कोरोना संक्रमण देखिएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले कांग्रेसका तीन केन्द्रीय सदस्यसहित ६ जनामा संक्रमण देखिएको पुष्टि गरेका हुन्।

शुक्रबारको परीक्षणका क्रममा थापा र केसीसहित ६ जनामा संक्रमण देखिएको हो।

Loading...