प्रम निवासमा कोरोनाको बिगबिगी, तीन सल्लाहकारसहित बालुवाटार भित्र काम गर्ने ७४ जनामा कोरोना

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकारसहित ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

बालुवाटारस्थित एक उच्च स्रोतका अनुसार प्रधानमन्त्रीका सल्लाहकारहरु बिष्णु रिमाल, सूर्य थापा, राजन भट्टराई, निजी सचिव इन्द्र भण्डारीसहित कुल ७४ जनामा शनिबार संक्रमण देखिएको हो।

नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका ३ जना गरी बालुवाटारमा कार्यरत ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको उच्च स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्रीमा भने कोरोना टेस्ट नेगेटिभ देखिएको छ।

Loading...