प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरस को संक्रमण पुष्टि

प्रधानमन्त्रीको सचिवालयका चारजनामा पनि कोरोन

 

असोज १७ , काठमाडौँ। प्रधान मन्त्रि निवास बालुवाटारमा खटिएका नेपाली सेनाका २८ सहित ६३ सुरक्षाकर्मीमा कोरोना पुस्टि भएको छ। सम्बद्ध अधिकारीहरूका अनुसार २८ जना नेपाली सेना र सशस्त्र प्रहरी र नेपाल प्रहरी शनिबार सम्ममा ६३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो।
दुई दिनको अवधिमा यी सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ। प्रमुख सेनानीको नेतृत्वमा प्रधानमन्त्री निवासमा नेपाली सेनाको एक गुल्म खटिएको छ।
संक्रमण फैलिए पछि पूरै गुल्मलाई परिवर्तन गरि अर्को गुल्म खटाउने सेनाको तयारी छ। शुक्रबार र शनिबार गरिएको परिक्षण रिपोर्टमा नेपाल प्रहरीका १७ जनामा कोरोना संक्रमण देखिएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए। सुरक्षामा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा खटिदै आएको टोलि पुरै परिवर्तन गरिने भएको छ। यस्तै, सशस्त्र प्रहरीका १८ जनामा कोरोना संक्रमण देखिएको छ। शुक्रबारको परीक्षणमा यतिको संख्यामा सशस्त्र प्रहरीलाई कोरोना संक्रमण देखिएको प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले बताए। सशत्रले पनि पिसिआर परिक्षण गरि नया टोलि खटाउने तैयारी छ।
यसै गरि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चारजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।शुक्रबार गरिएको स्वाब परीक्षणमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीयसचिव इन्द्र भण्डारीमा संक्रमण देखिएको हो ।
राजनीतिक सल्लाहकार रिमालले ट्वीटरमार्फत् ‘पीसीआर’ परीक्षणबाट आफूमा कोरोना ‘पोजिटिभ’ देखिएको उल्लेख गर्दै यसबीचमा आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न अनुरोध गर्नुभएको छ ।

प्रेस सल्लाहाकार सूर्य थापाले पनि फेसबुकमार्फत् आफूलाई संक्रमण भएको जनाउनुभएको छ ।

यसैबीच, बालुवाटारमा कार्यरत् केही सवारीचालकमा पनि कोरोना संक्रमण देखिएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरसको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको बिहीबार स्वाब संकलन गरिएको थियो। उनको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालय स्रोतले जनाएको छ।

Loading...