वीरगञ्ज । रौतहटमा इँटाभट्टामा जिउँदै मान्छेलाई जलाइएको घटनामा संलग्न रहेको आरोप लागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले रौतहटको राजपुर फरहदवामा भएको बम बिस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ निवासी ५५ वर्षीय बद्री सहनीलाई पक्राउ गरेको हो।
सहनीलाई विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो। फरार रहँदै आएका सहनीलाई शुक्रबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले जानकारी दिए। पक्राउ परेका सहनी इँटाभट्टाका हेड मिस्त्री थिए।
२०६४ सालमा राजपुर फरहदवामा गोठमा भएको बम बिस्फोटमा परी दुई जनाको मृत्यु भएको थियो। उक्त विस्फोटमा केही व्यक्तिहरु घाइते भएका थिए। घाइते भएकाहरुलाई जिउँदै इँटाभट्टामा लगेर जलाइएको थियो।
उक्त घटनाका मुख्य आरोपी कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्द अफताब आलम सोही मुद्दामा पुर्पक्षका लागि हाल थुनामा रहेका छन्। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको कसुरमा अदालतले आलमलाई पुर्पक्षको लागि कारागार चलान गरेको छ।
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिकास्थित आलमका काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो। रौतहटमा इँटाभट्टामा जिउँदै मान्छेलाई जलाइएको घटनामा संलग्न रहेको आरोप लागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले रौतहटको राजपुर फरहदवामा भएको बम बिस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ निवासी ५५ वर्षीय बद्री सहनीलाई पक्राउ गरेको हो।
सहनीलाई विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो। फरार रहँदै आएका सहनीलाई शुक्रबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले जानकारी दिए। पक्राउ परेका सहनी इँटाभट्टाका हेड मिस्त्री थिए।
२०६४ सालमा राजपुर फरहदवामा गोठमा भएको बम बिस्फोटमा परी दुई जनाको मृत्यु भएको थियो। उक्त विस्फोटमा केही व्यक्तिहरु घाइते भएका थिए। घाइते भएकाहरुलाई जिउँदै इँटाभट्टामा लगेर जलाइएको थियो।
उक्त घटनाका मुख्य आरोपी कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्द अफताब आलम सोही मुद्दामा पुर्पक्षका लागि हाल थुनामा रहेका छन्। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको कसुरमा अदालतले आलमलाई पुर्पक्षको लागि कारागार चलान गरेको छ।
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिकास्थित आलमका काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो।