डोटी । डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए। केही समय मात्रै सामान्य […]
Author: Nonstop Khabar
बुटवलको कान्ति मावि कक्षा १२ मा सर्वोत्कृष्ट
बुटवल, २० माघ । बुटवलको कान्ति माध्यमिक विद्यालयमा विज्ञान संकायतर्फकी छात्रा अंकिता गैरे कक्षा १२ मा सर्वोत्कृष्ट भएकी छन् । सोमबार प्रकाशित भएको कक्षा १२ को नतिजा अंकिताले ३.९२ जीपीए प्राप्त गरेकी छन् । त्यसैगरी सोही विद्यालयकै व्यवस्थापन संकायतर्फकी छात्रा आयुषा खातीले पनि ३.९२ जिपिए प्राप्त गरेकी छन् । कान्ति माविबाट यस वर्ष कक्षा १२ […]
कक्षा १२ मा ६९१६ परीक्षार्थीको ३.६१ देखि ४ जिपिए
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ । वैशाख/जेठमा नै लिइने कक्षा १२ को परीक्षा यसपालि […]
बीमा समितिको अध्यक्षमा पूर्व गृह सचिव सिलवाल नियुक्त
काठमाडौं, १९ माघ । बीमा समितिको अध्यक्षमा पूर्व गृह सचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई अध्यक्षमा नियुक्त गरेको हो। चिरञ्जीबी चापागाईंको कार्यकाल पुसमा सकिएपछि अध्यक्ष पद रिक्त रहेको थियो। पुस २३ गतेबाट चापागाईको चार वर्षे कार्यकाल सकिएको थियो। अहिले नियुक्त भएका सिलवालको कार्यकाल आगामी ४ वर्षसम्म हुनेछ। बीमा समितिको अध्यक्ष […]
अत्यावश्यक नपरी घरबाहिर ननिस्कन म्यानमारका नेपालीलाई दूतावासको आग्रह
काठमाडौं । म्यानमारमा सेनाले सोमबारदेखि सत्ता कब्जा गरी एक वर्षका लागि संकटकाल लगाएको छ। त्यहाँको सेनाले सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्टसहित प्रदेशका प्रमुखहरूलाई नियन्त्रणमा लिएका कारण म्यानमारको परिस्थिति यतिबेला जोखिमपूर्ण छ। यही कुरा विचार गरी म्यानमारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्कता अपनाउन सुझाव […]
संसद विघटनविरुद्ध परेका रिटको पक्षमा बहस सकियो, सोमवारदेखि रिटको विपक्षमा बहस
काठमाण्डौ । प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिट निवेदकका तर्फबाट हुने बहस सकिएको छ । विघटनको विरुद्धमा परेका १३ वटा रिट निवेदकको तर्फबाट हुने बहस आइतबार ९आज० सकिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले उज्यालोलाई जानकारी दिए । गएको माघ ४ गतेदेखि संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट बहस सुरु भएको थियो । यस बहसमा […]
प्रधानसेनापतिद्वारा ‘प्रधानमन्त्री कप क्रिकेट’ विजेता टोलीलाई सम्मान
काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता टोलीलाई सम्मान गरेका छन् । सेनाको मुख्यालयमा विशेष कार्यक्रमकाबीच प्रधानसेनापति थापाले विजेता टोली त्रिभुवन आर्मी क्लबका सदस्यहरुलाई सम्मान गरेका हुन । शनिबार सम्पन्न खेलमा विभागीय टोली आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरीलको एपीएफ टोलीलाई ३३ रनले हराउँदै उपाधि जितेको थियो । विजेता टोलीले नगद […]
नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट दिँदै
काठमाडौं, १८ माघ । नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पुर्याएको छ। प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो। एकतीस जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था/केन्द्र र अस्पतालहरुमा निःशुल्क इन्टरनेट पुर्याएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल […]
आठ कारण देखाउँदै सभामुखले फिर्ता पठाए सुनुवाइका लागि संसदमा पठाइएका सक्कलै कागजात
काठमाडौं, १८ माघ । संवैधानिक आयोग तथा निकायहरुका प्रमुख आयुक्त र आयुक्तमा सिफारिश गरिएका व्यक्तिहरुको सुनुवाइका लागि संसदमा पठाएका कागजात सभामुखको कार्यालयले सक्कलै फिर्ता पठाएको छ। सभामुख अग्निप्रसाद सापकोटाले यस सन्दर्भका लागि सरकारले पठाएका सबै कागजात फिर्ता गर्दै त्यसरी फिर्ता पठाउनुका ८ कारण समेत दिएका छन् । सभामुखको पत्रमा कानुनका सबै दफाहरु उल्लेख समेत गरिएको […]
चीनले नेपाललाई तीन लाख डोज कोरोना खोप दिँदै
काठमाडौँ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख डोज खोप उपलब्ध गराउने भएको छ । अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको हो । चीनमा विकास र उत्पादन गरिएको भ्याक्सिनलाई विश्वकै सार्वजनिक हितमा प्रयोग […]











