प्रधानसेनापतिद्वारा ‘प्रधानमन्त्री कप क्रिकेट’ विजेता टोलीलाई सम्मान

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता टोलीलाई सम्मान गरेका छन् ।

सेनाको मुख्यालयमा विशेष कार्यक्रमकाबीच प्रधानसेनापति थापाले विजेता टोली त्रिभुवन आर्मी क्लबका सदस्यहरुलाई सम्मान गरेका हुन ।

शनिबार सम्पन्न खेलमा विभागीय टोली आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरीलको एपीएफ टोलीलाई ३३ रनले हराउँदै उपाधि जितेको थियो । विजेता टोलीले नगद १० लाग समेत प्राप्त गरेको थियो ।

Loading...