काठमाडौँ । गत वर्ष लकडाउनको समयमा रोजीरोटी गुमेर हातमुख जोर्न समस्या भएका प्राविधिकहरुलाई ५ लाख बराबरको खाद्यन्न सहयोग गरेर रियल लाइफमा पनि हिरो बनेका पल शाहले अब कोरोना संक्रमितका लागि अक्सिजन ग्यास वितरण गर्ने भएका छन् । कोरोना संक्रमण बढेका कारण अक्सिजनका सिलिन्डर अभाव भएको खबर सुनेपछि उनले यो अभियान सुरु गर्न लागेका हुन् । […]
Author: Nonstop Khabar
वलिउडकी चर्चित नायिका कटरीनाका कारण जमेकी नायिका दीपिका पादुकोण
अभिनेत्री कटरीना कैफले बलिउडमा आफ्नो अलग पहिचान बनाएकी छन् । २००३ मा प्रदर्शन भएको फिल्म ‘बोम’ बाट अभिनय करिअर सुरु गरेकी उनको अभिनय र नृत्यको सधैं प्रशंसा हुने गरेको छ । बलिउडकी महंगी अभिनेत्री समेत रहेकी उनको खातामा कयौं हिट फिल्म छन् । उनले केही ब्लकबस्टर फिल्म पनि छाडेकी छन्, जसमध्ये प्रायः दीपिका पादुकोणले गरेकी […]
भारतसँगका सीमा नाका बन्द भएपछि ‘बाबरी’को सुटिङ रोकियो
काठमाडौँ । अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकी स्टारर फिल्म ‘बाबरी’ को पहिलो चरणको छायांकन सकिएको छ । पूर्वको लेटाङबाट सुटिङ सुरु भएको फिल्मको अब नेपालमा एक गीत मात्र खिच्न बाँकी रहेको निर्मात्री पुष्पा बुढाथोकीले जानकारी दिइन् । बाँकी छायांकन सिक्किममा गर्नुपर्ने भए पनि भारतसँगका नाका बन्द भएकाले तत्काललाई सुटिङ रोकेको उनको भनाई छ […]
कविको जन्मदिनमा काव्य–विमर्श र वाचन
छन्दवादी समाज नेपाल, रूपन्देहीले छन्द अभियन्ता, कवि तथा प्राज्ञ डा. देवी नेपालको जन्मदिनमा उहाँकै नवीनतम कृति ‘समुद्रमन्थन’माथि काव्यिक विमर्श गरेको छ । कार्यक्रमकाे उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले कृतिभित्रको एउटा श्लोक वाचन गरी गर्नुभएको थियो । उक्त कार्यक्रममा डा. गुरुङले परिष्कृत र कलात्मक भाषाशैलीको प्रयोग गरी पुराणकालील बिम्बहरूलाई लाक्षणिक रूपमा […]
लघुकथा- मेरा बाजस्तै
“आमा मलाई गणित र विज्ञान सारै गार्हो लाग्यो । ट्यूसन पढ्छु नि है ?” प्रभाले आमालाई भनी । “मलाई भनेर के गर्छेस् त ! भरे बा आएपछि भन् न ।” “बा त के मान्नु होला र ! आठ कक्षा पास भएपछि त अब नपढ् भन्नुहुन्थ्यो । तैपनि तपाईं नै एकपल्ट भनिदिनू न है आमा, ल […]
लघुकथा- जीतको हाँसो
साहुजीको आदेश थियो, “केटाहरूले फूलको गमलाहरू तल ल्याउँछन्, अलि राम्रोसँग मिलाएर राख्न लाउनू है …. । फुटाउलान् राम्रो गरी ध्यान पुर्याउनू ।” “हस्, हजुर” भनेर टाउको हल्लाएँ । मेरो पालो । उनीहरू धमाधम ल्याउने काम गर्न थाले । काम गर्थे तर एकदमै सुस्त । एउटा झार्थे, घण्टौँघण्टा बस्थे । हाँस्थे, बोल्थे अनि जिस्कन्थे । पुनः […]
लघुकथा- ढुङ्गाको देवता
लेउ लागेको हेर्दै घिनलाग्दो ढुङ्गो देखेर उसलाई सनक चढ्यो । अनि अलिकति अबिर, अलिकति फूल, अलिकति अक्षता, दुई चारवटा सिक्का र रङ्गिबिरङ्गी ध्वजाहरू बाँधेर बिरामी छोराको निम्ति भाकल गर्यो – हे प्रभु मेरो छोरोलाई निको बनाऊ, सके कालो बोको, नसके लोकल कुखुरो चढाउँला। अर्कोदिन छोराको नाडी झनै पातला हुँदै गए, मुखमा हालेको पानी सररर बाहिर […]
महान लेखक टाल्स्टायसँगको एक रोचक प्रसंग
वृद्ध लेखक टाल्सटायलाई एक युवक भेट्न आयो । ऊ एकदमै चिन्तित थियो । टाल्स्टायले सोधे— किन चिन्तित छौ ? मलाई केही पैसा आवश्यक छ । कृपया तपाईंले मेरो मद्दत गरिदिनुस् । टाल्स्टायले भने— मेरो एकजना साथीले मान्छेको आँखा किन्छ । यदि तिमीले तिम्रो आँखा बेच्यौ भने २० हजार त पाइहाल्छौ । युवकले डराएर भन्यो— म […]
स्वास्थ्य सेवाबाट अवकाश लिएका सैनिकलाई तयारी रहन सैनिक हेडक्वार्टरको निर्देशन
काठमाडौँ । नेपाली सेना मुलुकमा बढिरहेको कोभिड–१९ संक्रमण रोकथामका लागि विभिन्न योजनाका साथ आवश्यक तयारीमा जुटिरहेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि निर्वाह गर्नुपर्ने थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनका लागि सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारी गरिरहेको छ । सोही क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले विसं २०७२ पछि सेनाको स्वास्थ्य […]
देउवाले अस्वीकार गरे विश्वासको मत दिन ओलीले गरेको आग्रह
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत दिन नेपाली कांग्रेसलाई गरेको आग्रह सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । बुधबार देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा प्रधानमन्त्री ओलीले गरेको सो आग्रह सभापति देउवाले अस्वीकार गरेका हुन् । प्रधानमन्त्री ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेपछि एमालेका नेतासहित सभापति देउवालाई भेट्न […]










