कोरोनाबाट एकैदिन ५८ को मृत्यु, ८६५९ कोरोना संक्रमित थपिए

काठमाडौँ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३४७५ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी बुधवार नेपालमा थप ८७५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार […]

लघुकथा प्रतियोगिताको दसौँ चरण सुरु

काठमाडौँ । दसाैँ साताको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिता आजदेखि सुरु भएको छ । यो प्रतियोगिता साप्ताहिक रूपमा सञ्चालन हुन्छ । पुनः बढेकाे काेराेना सङ्क्रमण र राेकथामका लागि जारी गरिएकाे निषेधआज्ञालाई ध्यानमा राखेर याे साताकाे लागि लकडाउन र जनजीवनलाई विषय बनाइएको छ । यस चरणमा प्रतियोगी कथाकारहरूले काेराेनाले ल्याएकाे आतङ्क, सरकारले जारी गरेकाे निषेधआज्ञा तथा यसले […]

कतारमा जेल जीवन बिताइरहेका १४ नेपालीले पाए आममाफी

दोहा । कतारले विभिन्न कसुरमा जेलजीवन बिताइरहेका १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा रहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको हो । कारागारमा सजाय भोगिरहेका उनीहरुलाई मुस्लिम समुदायको पवित्र महिना रमादानको अवसरमा माफी दिइएको हो। आममाफी पाएकाहरुलाई नेपालीलाई स्वदेश फर्काउन सहजीकरण गरिने कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव […]

पछिल्लो २१ दिनमा कोरोनाबाट ३५९ को मृत्यु, बैशाखमा मात्रै थपिए ६९४४१ संक्रमित

काठमाडौं । मंगलबार अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वैशाख यता कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर उकालो लागेको छ । यसअघि आइतबार र सोमवार पनि धेरैको मृत्यु भएको थियो । आइतबार २७ जना र सोमबार ३७ जनाको मृत्यु भएको थियषे । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार […]

प्रधानमन्त्रीले विश्वासको मत लिन बैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद बैठकमा सहभागी एक […]

नेपालमा कोरोना संक्रमणको दैनिक नयाँ रेकर्ड, २४ घन्टामै थपिए ७२११ संक्रमित

काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा १७ हजार ७७० नमुना परीक्षण गर्दा ७ हजार २११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार अघिल्लो साताको तुलनामा यो साता संक्रमितको संख्या १३६.८ प्रतिशत बढेको छ । प्रदेशगत रुपमा लुम्बिनीमा २३३ र कर्णालीमा २१६ प्रतिशतले संक्रमितको संख्या बढेको छ । […]

मधेश आन्दोलनसँग सम्बन्धित १२० अभियुक्तका मुद्दा फिर्ता

काठमाडौँ । सरकारले तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १२० अभियुक्तका मुद्दा फिर्ता लिएको छ । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी रहेको आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा […]

नक्कली कोरोना संक्रमित भएर जनर्मोर्चाका सांसद आइसीयुमा भर्ना भएको खुलासा

पोखरा । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही पोखराको पृथ्वी चोकमा रहेको चरक अस्पतालको आइसीयु कक्षमा भेटिएका छन् । कोरोनाका विरामीलाई उपचार गर्ने आइसीयु कक्षमा भर्ना गरिएका सांसद शाहीको कोरोना परिक्षणको रिपोर्ट भने नेगेटिभ देखिएको छ । प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको हो । उनलाई स्वास्थ्य समस्या पनि केही नरहेको बताइएको […]

पछिल्लो २४ घन्टामा ४८९७ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणबाट थप १७ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । […]

नेप्सेमा पूरै रातो, करिब ७६ अंकले घट्दा यी कम्पनी कसरी हरियो

काठमाडौं । आइतबार नेप्से परिसूचक करिब ७६ अंकले घट्यो । नेप्से परिसूचक ठूलो अंकले घटेर पुनः २६ सय तल झरेकाे छ । आज अधिकांश कम्पनीहरुको सेयर मूल्यमा ठूलो गिरावट आएको छ । समूहगत परिसूचकहरु पनि सबै घटेका छन् । आइतबारमात्रै कुमारी बैंकको वित्तीय विवरण सार्वजनिक भएको थियो । विवरण अनुसार कुमारी बैंकले २ अर्ब माथि […]