काठमाडौ, २६ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्री देउवाको निजी सचिवालयले उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोभिड संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेसनमा बसेका थिए । प्रचण्डलाई शनिबार बिहान कोभिड संक्रमण पुष्टि भएको थियो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको […]
Author: Nonstop Khabar
कोरोना बढ्दै गएपछि माधव नेपालको ४ बुँदे अपील
काठमाडौं, २६ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशभर बढिरहेको कोरोना भाइरस संक्रमण बढेकाले पार्टीका बैठक तथा भेलाहरु गर्दा स्वास्थ्य मापदण्ड पुरा गरेर मात्रै गर्न निर्देशन दिएका छन् । सोमबार एक अपिल जारी गर्दै अध्यक्ष नेपालले पछिल्ला केही दिनयता कोरोनाको नयाँ भेरिएन्टका कारण संक्रमणदर उच्च गतिमा बढिरहेकाले सवै नेपालीलाई सचेत हुन अनुरोध पनि […]
आफ्नै विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ
रामेछाप, २६ पुस । रामेछापमा बाल यौन दुराचारको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आइतबार आफ्नै विद्यार्थीलाई जवरजस्ती करणी गर्ने उद्देश्यले यौन दुराचारको आरोपमा सप्तरीको बलनबेहाल गाउँपालिका वडा नम्बर–२ चण्डी घर भएका ३८ वर्षीय शिक्षक दिनेश कुमार गुप्तालाई पक्राउ गरिएको हो । उनलाई आइतबार दिउँसो ४ बजे मन्थली […]
कोरोना निरन्तर उकालो : थप १४ सय ४६ जनामा संक्रमण पुष्टि
काठमाडौं, २६ पुस । देशभर थप १४ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३५७ तथा एन्टिजेन विधिबाट ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप २५५ जना संक्रमणमुक्त पनि भएका छन् । नेपालमा हालसम्म ८ लाख १४ हजार […]
नेप्सेको सीईओका लागि तीन जनाको नाम छनोट
काठमाडौं, २६ पुस। नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत ९सीईओ० छनोटका लागि तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) मा राखिएको छ । यसअघि ११ आवेदकहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । पाँचमध्येबाट छनोट समितिले सोमबार रमेश भण्डारी, कृष्णबहादुर कार्की र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको छ । पाँच जनाको सुचीमा परेका प्रविन […]
लिपुलेकमा भारतले गरेको सडक विस्तार रोक्न एकीकृत समाजवादीको माग
काठमाडौं, २६ पुस । नेकपा एकीकृत समाजवादीले भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति आपत्ति जनाएको छ । विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गरी भारतले नेपाली भूमिमा लिपुलेक क्षेत्रमा अवैधानिक रुपमा बनाएको सडक फराकिलो बनाउन लागेकामा आपत्ति जनाएका हुन् । ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि हो भन्ने कुरा भारत सरकारलाई थाहा […]
विद्यालयहरु भोलिदेखि माघ १५ सम्म बन्द हुने, विश्वविद्यालयको परीक्षा नरोकिने
काठमाडौं, २६ पुस । कोरोना संक्रमण बढ्दै गएपछि विद्यालय बन्दको निर्णय गरेको सरकारले पुस २७ गतेदेखि नै विद्यालयहरु बन्द हुने बताएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी दिएका छन् । यसअघि सोमबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र […]
नेपाली हौँ भन्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सनु हुँदैनः मन्त्री आले
काठमाडौं, २६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताएका छन्। सोमबार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताएका हुन्। उनले पृथ्वीनारायण शाहका विचारहरु आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण […]
पशुपतिस्थित वृद्धाश्रममा ज्येष्ठ नागरिक घट्दै
काठमाडौं, २६ पुस । स्थानीय तहले स्थानीयस्तरमा व्यवस्थापन गर्दा पशुपतिस्थित वृद्धाश्रममा ज्येष्ठ नागरिकको सङ्ख्या घटिरहेको छ । जम्मा २३० जना क्षमताको सो आश्रममा पहिले क्षमता जतिकै सङ्ख्यामा ज्येष्ठ नागरिक भए पनि अहिले त्योभन्दा आधा सङ्ख्यामा रहेको समाज कल्याण केन्द्र, वृद्धाश्रम (पशुपति) कार्यालयले जनाएको छ । पाँचरछ वर्ष पहिले सङ्घीयता कार्यान्वयनमा आएसँगै यहाँ आउने यहाँ ज्येष्ठ […]
जोकोभिकलाई अष्ट्रेलियाको भिसा दिन आदेश
काठमाडौं, २६ पुस । स्टार टेनिस खेलाडी नोभाक जोकोभिकलाई भिसा दिन अष्ट्रेलियाको एक अदालतले आदेश दिएको छ । सोमबार न्यायाधीश एन्थोनी केलीले रद्द गरिएको जोकोभिकको भिसा दिन र अध्यागमनको नियन्त्रणबाट ३० मिनेटभित्र मुक्त गर्न आदेश दिएका हुन् । त्यस्तै, उनको राहदानीसहित यात्रासम्बन्धी अन्य कागजात फिर्ता गर्नसमेत केलीले जारी गरेको आदेशमा भनिएको छ । यसअघि कोभिड–१९ […]











