नेप्सेको सीईओका लागि तीन जनाको नाम छनोट

काठमाडौं, २६ पुस। नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत ९सीईओ० छनोटका लागि तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) मा राखिएको छ ।

यसअघि ११ आवेदकहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । पाँचमध्येबाट छनोट समितिले सोमबार रमेश भण्डारी, कृष्णबहादुर कार्की र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको छ ।

पाँच जनाको सुचीमा परेका प्रविन पन्दाक र रमेश घिमिरे तीनजनाभित्र अटाएनन् । अब कार्की, भण्डारी र श्रेष्ठ मध्ये एक जना नेप्सेको सीईओमा नियुक्त हुनेछन् ।

नेप्सेका तत्कालीन सिइओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए ।

साउदले राजनीनामा दिएको लामो समयसम्म सीईओ नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन । अब भने नियुक्ति प्रक्रिया चाँडै टुंगोमा पुग्ने अर्थमन्त्रालयले जनाएको छ ।

Loading...