काठमाडौँ । नेपाली काँग्रेसले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीको सन्दर्भमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकपछि कांग्रेसले सात पृष्ठको धारणा सार्वजनिक गरेको हो । काँग्रेस बैठकले एमसीसी प्रतिनिधि सभामा टेबुल गर्ने निर्णय गरेको छ । काँग्रेसले एमसीसी सम्झौता संसदमा अनुमोदनका लैजानु सरकारको राजनीतिक कर्तव्य भएको जनाएको छ । यसअघि प्रधानमन्त्री देउवाले […]
Author: Nonstop Khabar
कांग्रेसले भंग गर्यो १० वटा भ्रातृ संस्था
काठमाडौँ । नेपाली काँग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल विद्यार्थी संघसहित कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार फागुनभित्र तदर्थ समिति गठन गरिने छ ।
ज्ञानेन्द्र शाही राप्रपा प्रवेश गर्ने
काठमाडौँ । ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ। मंगलबार बसेको राप्रपा पदाधिकारी बैठकले शाही नेतृत्वको सो अभियानलाई पार्टीमा समाहित गर्ने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए। समान विचार भएका अन्य दलसँग पार्टी एकताका लागि गठित महामन्त्री धवल शमशेर राणा नेतृत्वको वार्ता समितिले सो अभियानसँग एकता […]
चर्चित अभिनेत्री रेखा थापाले गरिन् विवाह
काठमाडौं । नायिका रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन्। रेखाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन्। उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। बारेकोट गाउँपालिका वार्ड नं. ५ जाजरकोट स्थायी घर भई हाल अमेरिका बस्दै आएका शाही र रेखाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ। नायिका थापाले आफ्नो विवाहबारे औपचारिकरुपमा केही […]
प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता
काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर गरेका […]
दक्षिण कोरियाले फेरि नेपाली श्रमिक लैजान रोक्यो
दक्षिण कोरियामा पुनः कोरोना संक्रमण दर तीब्र गतिमा फैलन थालेपछि प्रवासी श्रमिक लैजान रोक लगाएको छ। कोरिया सरकारले नेपालसहितका देशबाट श्रमिक लैजान रोक लगाएको हो। कोरियाको उक्त निर्णयका कारण ३ दिनपछि दक्षिण कोरिया जान लागेका नेपालीलाई समेत रोकिएको छ। उनीहरुको उडान तालिका तय भएको थियो। अर्को सूचना जारी नभएसम्मका लागि उनीहरुको उडान स्थगित भएको श्रममन्त्री […]
वल्र्डलिंकले नीतिगत अनुसन्धानमा सहयोग गर्ने
काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी बल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ । वल्र्डलिंकले नेपालमा प्रमाणमा आधारित नीति निर्माण र प्रवद्र्धनका लागि उद्यमशिलता विकासका लागि काम गरिरहेको दायित्व नेपाललाई सहयोग गर्ने भएको हो । वल्र्डलिंकको सहयोगमा उद्यमशिलताका लागि नवीनता, सहकार्य र सेवा दिँदै आएको दायित्वले तीन बर्षमा तीन […]
देउवा जसरी पनि एमसीसी पारित गर्न लागेपछि प्रचण्डले आफ्ना मन्त्री फिर्ता बोलाउँदै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्न अघि बढेपछि सरकार साझेदार दल नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिने तयारी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन मार्फत आजै सरकारबाट बाहिरिने जानकारी गराएका हुन् । केही दिनदेखि प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसँग मिलेर एमसीसी पारित गर्ने […]
मरिससमाथि नेपालको लगातार दोस्रो जित
काठमाडौं । अफ्रिकी देश मरिससविरुद्ध नेपाली राष्ट्रिय फुटबल टिमले लगातार दोस्रो खेलमा पनि जित हात पारेको छ । मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले पाहुना टोली मरिससलाई आफ्नो भूमिमा १–० ले हरायो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा दुवै टिमले आक्रामक खेल खेले पनि नेपालले गोल गर्न सफल भयो भने मरिसस पेनाल्टीमा चुक्दा […]
पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च, पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आलग निगमले मंगलबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको जानकारी दिएको हो । निगमले प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ वृद्धि गरेको छ । त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटरमा १० रुपैयाँ बढाएको निगमले जनाएको छ । […]











