जेठ ४ मा निर्वाचन गर्न तयारः निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ मा गर्न तयार रहेको जनाएको छ । निर्वाचन गर्न १२० दिन तयारीका लागि आवश्यक पर्नेमा मतदाता नामावलीलगायत काम निरन्तर भइरहेकाले आयोग स्थानीय तहको निर्वाचन गर्न तयार रहेको जनाएको हो । स्थानीय तहको निर्वाचन जेठ ४ गते सम्पन्न गर्नका लागि परामर्श र सुझाव दिएपछि आयोगले विज्ञप्ति […]

मरिससविरुद्ध दोस्रो खेलमा भिडन अलमुताइरीले गरे २ खेलाडी परिवर्तन

काठमाडौं । नेपालले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ। नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका हुन् । प्रशिक्षक अब्दुल्लाहले यस अघि घोषणा गरेको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् । किरण चेम्जोङको कप्तानीमा घोषणा गरिएको टिममा मनिष […]

चितवनमा शिक्षक अस्पताल बनाउने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । सरकारले शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । शिक्षा मन्त्रालयले गठन गरेको जग्गा खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो […]

त्रिविको स्थगित परीक्षा फागुनमा हुने

काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएको छ । सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । केही दिनयता कोभिड संक्रमण घट्दो क्रममा रहेकाले स्थगित परीक्षाबारे […]

विमलको गोलमा मोरिससमाथि नेपालको जित

काठमाडौं । फरवार्ड विमल घर्तीमगरले राष्ट्रिय टोलीमा स्वर्णिम कमब्याक गरेपछि नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विमलले निर्णायक गोल गरे । एक वर्षपछि राष्ट्रिय टोलीबाट मैदान उत्रिएका विमलले ५४औँ मिनेटमा गरेको गोलले नेपालको जित निश्चित गर्‍यो । अञ्जन विष्टले मैदानको मध्यभागबाट उपलब्ध गराएको बलमा विमलले १८ […]

‘विश्वकप छनोट भए नेपाललाई ठूलो अवसर प्राप्त हुनेछ’

काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले अहिलेको अवस्थामा आईसीसी टी–ट्वान्टी विश्वकपका लागि छनोट हुनु ठूलो कार्य बताएका छन् । जुम मिटिङमार्फत पत्रकारसँगको अन्तरक्रियाको क्रममा दासानायकेले विश्वकपमा पुगे नेपाली क्रिकेटका लागि ठूलो अवसर प्राप्त हुने बताए । ‘हाम्रो लागि अहिलेको अवस्थामा विश्वकपसम्म पुग्नु ठूलो कार्य हो । विश्वकपमा पुग्यो भने यसले नेपाली क्रिकेटलाई […]

दुर्गेश थापाको ‘पैसा’ गीतको तीव्र विरोध सुरु, कारबाही गर्न माग

काठमाडौं, १६ माघ । गायक दुर्गेश थापाले शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेको नयाँ गीत ‘पैसा’ पनि विवादमा पर्ने देखिएको छ। छाडा शब्द प्रयोग गरेर बनाइएको उक्त गीतको सामाजिक सञ्जालमा तीव्र विरोध सुरु भएको छ। विशेषगरी नारीलाई पैसासँग तुलना गरिएको भन्दै आक्रोश पोखिएको छ। महिला नेता तथा अभियन्ताले उनलाई कारबाही नै गर्न माग गरेका छन्। अखिल क्रान्तिकारीकी […]

नेपाल कम्युनिष्ट पार्टीले निकाल्यो अध्यक्ष ऋषि कट्टेललाई

काठमाडौं, १६ माघ । नेपाल कम्युनिष्ट पार्टीले अध्यक्ष ऋषिराम कट्टेललाई पार्टीबाट निस्काशन गरेको छ। गोरखाको कट्टेलडाँडाका ऋषिराम लामो समयदेखि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष थिए। अध्यक्ष कट्टेललाई कार्यबाहक अध्यक्ष लोकनारायण सुवेदीले साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निकालेको उल्लेख गर्दै विज्ञप्ति जारी गरेका छन्। दलको अहितमा काम गरेको आरोपसहित कट्टेललाई पार्टीले स्पष्टीकरण सोधेको थियो। केन्द्रीय समितिले […]

धनगढीको होटलमै मृत भेटिए युवा

धनगढी, १६ माघ । कैलालीको एक होटलमा बस्दै आएका युवा मृत फेला परेका छन्। गौरीगंगा नगरपालिका राजीपुरमा रहेको एक होटलमा घोडाघोडी नगरपालिका वडा नम्बर १ का करिब ३५ वर्षका साधन डान मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। केही समयदेखि होटलमा बस्दै आएका उनी शनिबार मृत अवस्थामा फेला परेका थिए। कोठाभित्र खाटमा घोप्टो परेको अवस्थामा […]

ब्रेकअप पछि पनि सँगै पार्टीमा सुस्मिता रोहमन !

काठमाडौं, १६ माघ । अभिनेत्री सुस्मिता सेन र रोहमन शाल बलिउडको चर्चित जोडी थिए । तर, अहिले दुबै अलग भएका छन् । गत डिसेम्बरमा सुस्मिताले सामाजिक सञ्जालमा एक पोष्ट मार्फत आफु र रोहमन सदाका लागि अलग भएको जानकारी दिएकी थिइन् । सो क्रममा उनले आगामी दिनमा रोहमन एक साथी मात्र हुने प्रष्ट परेकी थिइन् । […]