ब्रेकअप पछि पनि सँगै पार्टीमा सुस्मिता रोहमन !

काठमाडौं, १६ माघ । अभिनेत्री सुस्मिता सेन र रोहमन शाल बलिउडको चर्चित जोडी थिए । तर, अहिले दुबै अलग भएका छन् । गत डिसेम्बरमा सुस्मिताले सामाजिक सञ्जालमा एक पोष्ट मार्फत आफु र रोहमन सदाका लागि अलग भएको जानकारी दिएकी थिइन् । सो क्रममा उनले आगामी दिनमा रोहमन एक साथी मात्र हुने प्रष्ट परेकी थिइन् । सुस्मिताको पोष्टले धेरै छक्क परेका थिए ।

ब्रेकअपको एक महिना पनि भएको छैन । फेरि सुस्मिता र रोहमन एकसाथ देखिन थालेका छन् । यी दुबैसँगै एक पार्टीमा देखिएका हुन् । मिडिया रिपोर्टका अनुसार ब्रेकअप पछि पनि यी दुबै एकसाथ देखिएका छन् । भेटमा दुबैले एकअर्को प्रति निकै मिलनसार व्यवहार दर्साएका छन् । यतिसम्मकी एउटै कारमा चढेर साथीको पाटीमा समेत पुगेका छन् ।

रोहमन सुस्मितासँग अलग भएपनि उनका दुई छोरी रेनी र आलिशासँग भने अझै नजिक छन् । रेनी र अलिशा दुबैले रोहमनलाई मन पराउँछन् । सोही कारण रोहमन रेनी र अलिशासँग नजिक हुन पुगेका हुन् ।

सुस्मिता र रोहमनको सम्बन्ध २०१८ मा सुरु भएको थियो । दुबैको उमेरमा १५ बर्षको अन्तर छ । सुस्मिता रोहमनभन्दा १५ वर्षले जेठी छिन् । तर पनि उनीहरुको सम्बन्धमा कुनै समस्या देखिएको थिएन । तर गत डिसेम्बर २०२१ मा सुस्मिताले आफ्ना ब्रेकअपको घोषणा गरिन् । घोषणामा उनले भनेकी थिइन्, ‘हाम्रो सम्बन्ध मित्रताबाट सुरु भयो । हामी साथी हुनेछौ ।’

Loading...