जवानीमा नै अनुहारमा किन देखिन्छ चाउरी ?

काठमाडौ, १६ माघ । उमेर बढेसँगै शरीरको छालामा आउने परिवर्तनलाई स्वाभाविक रुपमा लिइन्छ । तर, उमेर नपुग्दै जवानीमा नै छाला चाउरी पर्न थाल्यो भने यो चिन्ताको विषय बन्न पुग्छ । जवानीमा नै अनुहारको छाला चाउरीने, अनुहारमा काला धब्बा बस्नु भनेको जीवनशैलीसँग प्रत्यक्ष जोडिने समस्या हो । अनुहारमा चाउरीपना, थकान, भारी सामान उठाउन समस्या, कपाल झर्ने समस्या र जवानीमा नै कपाल फुल्ने समस्या देखिनुले जीवनशैली खराब भएको संकेत गर्छ । यस अन्तरगत के के पर्छन् ?

 

अत्यधिक तनाव
तनावको प्रत्यक्ष असर छालालाई पर्छ । यसले गर्दा उमेर नपुग्दै चाउरीपन देखिन थाल्छ ।

घाम, गर्मी
सूर्यको अल्ट्रा भाइलेन्ट रेको कारण छालालाई असर पर्छ । गर्मी र घाममा धेरै समय रहनाले अनुहारमा कालो धब्बा देखिने गर्छ ।

मद्यपान र धुम्रपान
लगातार मद्यपान र धुम्रपानको सेवनले छाला उमेर नपुग्दै चाउरीने गर्छ । र आँखाको तल्लो र माथिल्लो भाग सुन्निने पनि गर्छ ।

चिनीको सेवन
अत्यधिक मात्रामा चिनीको सेवन गर्दा छालालाई असर पर्छ र उमेर नपुग्दै बुढ्यौलीपना देखिन्छ ।

प्रदुषण
प्रदुषणको कारण पनि छालाको प्राकृतिक चमक हराउँछ । छाला सुख्खा हुन जान्छ र छिट्टै अनुहारमा बुढ्यौलीपन देखिन्छ ।

बिरामी
विभिन्न प्रकारका रोग लाग्नाले पनि छालामा चमक हराउँदै जान्छ ।

व्यायामको कमि
शारीरिक रुपमा सक्रिय नहुने व्यक्तिले नियमित रुपमा व्यायाम गर्नुपर्छ । यदि यस्तो नगरेमा छालामा चमक हराउँछ भने उमेरभन्दा अगाडि नै बुढ्यौलीपना देखिन्छ ।

जंक फुड
अस्वस्थकर जंक फुड विभिन्न रोगको कारक तत्व भएकाले यसले शरीरलाई नोक्सान पुर्याउँछ भने छालालाई खराब गर्छ ।

पर्याप्त निन्द्रा
हरेक दिन ६ देखि ७ घण्टा नसुत्ने व्यक्तिको छालामा विभिन्न समस्या देखिन्छ ।

छालाको हेरचाह
छालालाई आवश्यक पोषक तत्वको अभाव भएमा यसमा हुने चमक हराउँछ । त्यसलै छालाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

Loading...