राखेपको कार्यकारी अधिकार थापालाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कुलबहादुर थापालाई राखेपका सदस्य–सचिवको अनुपस्थितिमा सदस्य–सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार बुधबार प्रदान गरिएको छ । ‘नेपाल सरकार (मन्त्री परिषद्) को मिति २०७८-१०-२४ को निर्णयानुसार राखेपको सदस्य–सचिवको अनुपस्थितिमा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार परिषद्का अध्यक्षले मन्त्रालयका […]

स्थानीय तहको निर्वाचन रोक्न माग भएको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । स्थानीय तह निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा पुगेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले बुधबार सो आदेश दिएको हो । गत माघ २६ गते महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजिवकुमार साहले दायर गरेको रिट सर्वोच्च अदालतका रजिस्टारले दर्ता गर्न अस्वीकार गरेका […]

एमसीसीविरुद्धको हस्ताक्षर सरकारलाई पठाइयो

खोटाङ । खोटाङमा एमसीसी सम्झौताविरुद्ध हस्ताक्षर संकलन गर्दै नेपाल सरकारसमक्ष पठाइएको छ । एमसीसी सम्झौता फिर्ताका लागि दबाबस्वरूप नागरिक समाजकातर्फबाट बुधबार दिक्तेल बजारमा संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई पठाइएको हो । दिक्तेल बजारमा संकलित हस्ताक्षर नागरिक समाजकातर्फबाट जयप्रसाद आचार्यले सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । दिक्तेल बजारमा एमसीसी सम्झौताविरुद्ध […]

ए डिभिजनमा थ्रीस्टार र पुलिसबीचको खेल बराबरी

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएको थ्रीस्टार र पुलिस क्लबबीचको खेल बराबरीमा सकिएको छ । थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरीपछि पुलिस पूर्ण रूपमा रेलिगेसनबाट बचेको छ । थ्रीस्टार भने यसअघि नै ढुक्क भएको थियो । त्यस्तै, सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको त्रिभुवन आर्मी […]

अख्तियारले दायर गर्यो मृत्यु भइसकेका व्यक्तिसहित तीनविरुद्ध १ करोड ३५ लाखको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालत काठमाडौंमा आज अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्य दुई जनामा बिष्णुकान्तका छोरा नविन कुमार मिश्र र ग्याल्जेन एण्ड तामाङ्ग प्रा.लि. र रसुवा […]

बलात्कार आरोपमा एमाले सांसद बानियाँविरुद्ध ‘वारेन्ट’ जारी

दाङ । बलात्कारको आरोप लागेका मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी (वारेन्ट)जारी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मधुसुदन न्यौपानेका अनुसार अदालतले मंगलबार बानियाँविरुद्ध पक्राउ पुर्जी दिएको हो । जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । बानियाँले आफूलाई बाँकेको अप्सरा होटल लगी जबरजस्ती […]

एमसीसी विरुद्धमा प्रदर्शन गर्ने र प्रहरीबीच बानेश्वरमा घम्साघम्सी

काठमाडौं । संसद् बैठक बस्न लाग्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच नयाँ बानेश्वर क्षेत्रमा घम्साघम्सी भएको छ । प्रदर्शनकारीहरू निषेधित क्षेत्र पार गर्न अगाडि बढेपछि प्रहरीले उनीहरूलाई बल प्रयोग गरेर हटाउने क्रममा घम्साघम्सी भएको हो । प्रदर्शनकारीहरूलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले एमसीसी खारेज गर, एमसीसी […]

एमसिसीविरुद्ध नारायणकाजी श्रेष्ठ सडकमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एमसिसीविरुद्ध सडकमा उत्रिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएपछि नयाँ बानेश्वरमा भइरहेको विरोध प्रदर्शनमा नेता श्रेष्ठ पनि सहभागी भएका हुन् । माओवादी निकट भ्रातृसंगठनसहितले बानेश्वरमा गरिरहेको विरोध प्रदर्शनमा नेता श्रेष्ठ सहभागी भएका हुन् । माओवादीले संशोधनपछि मात्र एमसीसी […]

युक्रेनी सीमाबाट केही सेना हटायो रुसले, पुटिन भन्छनः युद्ध चाहन्नौँ

एजेन्सी । युक्रेनमाथि हमलाको खतराबीच रुसले मंगलबार आफूले युक्रेनको सीमाबाट आफ्ना केही सेना हटाइरहेको जानकारी दिएको छ । यद्यपि, युक्रेनले रुसी सेना फिर्ता गएको देखेमात्रै आफूलाई रुसको कुरामा विश्वास लाग्ने बताएका छन् । यस्तै, नेटोले यस्तो घोषणाले आशा जगाउने भएपनि रुसको दाबी पुष्टि गर्ने कुनै प्रमाण नभेटिएको बताएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले […]

मसीसी सदनमा टेबुल गर्ने काँग्रेसको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीको सन्दर्भमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकपछि कांग्रेसले सात पृष्ठको धारणा सार्वजनिक गरेको हो । काँग्रेस बैठकले एमसीसी प्रतिनिधि सभामा टेबुल गर्ने निर्णय गरेको छ । काँग्रेसले एमसीसी सम्झौता संसदमा अनुमोदनका लैजानु सरकारको राजनीतिक कर्तव्य भएको जनाएको छ । यसअघि प्रधानमन्त्री देउवाले […]