प्रचण्डको कार्यशैलीप्रति जनार्दन शर्माको आपत्ति

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैली प्रति असन्तोष ब्यक्त गरेका छन् । विधान अधिवेशनमा फरक मत राख्ने नेताहरूलाई नयाँ कार्यविभाजन गर्दा अन्याय गरिएको भन्दै उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले फरक मत प्रस्तुत गरेका हुन् । उपमहासचिव प्रभाकरले बुधबार सम्पन्न भएको स्थायी कमिटी बैठकमा पार्टी प्रदेश इन्चार्ज/सहइन्चार्ज लगायतका पद फेरबदल […]

सिटिइभिटिमा ३५ दिनदेखि कर्मचारीको आन्दोलन

भक्तपुर । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) का कर्मचारीहरु आन्दोलित भएका ३५ दिन पुगेको छ । कर्मचारीहरु दिनहुँ धर्नामा बसेका छन् तर, व्यवस्थापनले भने वार्ताको कुनै पहल सम्म गरेको छैन । नेपाल राष्ट्रिय कर्मचारी संगठनको आह्वानमा सिटिइभिटिका कर्मचारीहरु आन्दोलनमा रहेका छन् । पदपूर्ति लगायत विविध मागहरू राखि उनीहरु धर्नामा बसेका हुन् । […]

ललितपुर र चेओरवनबीच भगिनीसम्बन्ध कायम गरिने

ललितपुर । ललितपुर महानगरपालिका र दक्षिण कोरियाको चेओरवन सहरबीच भगिनीसम्बन्ध कायम गर्ने तयारी भएको छ । दुवै पक्षले यसबारे गृह कार्य गरेको हो । कोरियाको चेओरवन सहरका मेयर ली ह्युन जोङ नेतृत्वको प्रतिनिधिमण्डललाई ललितपुर महानगरमा स्वागत गर्दै प्रमुख महर्जनले भगिनीसम्बन्ध कायम गर्ने तयारीबारे जानकारी गराएका हुन् । भगिनीसम्बन्ध कायम गर्नका लागि जोङ नेतृत्वको भ्रमण महत्वपूर्ण […]

काँग्रेसमाथि माओवादी नेताहरुले उठाए प्रश्न, राष्ट्रिय सभा अध्यक्ष आफ्नो पार्टीले पाउनुपर्ने अडान

sthayi samiti baithak

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा अध्यक्ष आफ्नो पार्टीले नै पाउनु पर्ने अडान अघि सारेको छ । माओवादीले राष्ट्रिय सभाको सवैभन्दा ठुलो दलको हैसियतले अध्यक्ष पाउनुपर्ने अडान अघि सारेको हो । मंगलबार बसेको स्थायी समिति बैठकमा बोल्दै नेताहरुले राष्ट्रिय सभा अध्यक्ष बटमलाइन हुनुपर्नेमा जोड दिएका हुन् । गठबन्धनको सहमति अनुसार प्रधानमन्त्री पद छोड्नैपर्छ, त्यसपछि […]

प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ९ जना पक्राउ

banker neupane

ऋण प्रवाहमा दुरुपयोग गरेको आरोप लागेका सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित ९ जना पक्राउ परेका छन् । न्यौपाने हाल प्रभु बैंकका डेपुटी सीईओ समेत हुन् । उनले सोही सीईओको पद दुरुपयोग गर्दै मनोमानी ढंगले ऋण प्रवाह गरेका बताइएको छ । सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको थियो। प्रभुले प्राप्ति गरेपछि मनोज न्यौपानेलाई डीसिईओ […]

बिषादी मुक्त बन्दै हरिवन नगरपालिका, जैविक बिषादीबाट उत्पादन बढेपछि किसान उत्साहित

mayor kamal budhathoki harion

भक्ती रिजाल, सर्लाही । हरिवन नगरपालिका वडा नम्बर ८ मा रहेको कृषि सिकाइ केन्द्रले कृषकको मन जितेको धेरै भएको छैन । छोटो अबधिमा किसानले प्राप्त गरेका प्रांगारिक मल उत्पादन र उपयोग हेर्दा “बिषादी मुक्त हरिवन नगरपालिका ” भन्ने नारा सार्थकता तर्फ उन्मुख भएको देख्न सकिन्छ । वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवं विकास केन्द्र […]

जनप्रतिनिधि र प्रेस सेन्टरबीच अन्तरक्रिया

ललितपुर । ललितपुरमा पत्रकार र जनप्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘जनप्रतिनिधिसंग प्रेस सेन्टर’ विषयक उक्त कार्यक्रममा माओवादी केन्द्र निकट जनप्रतिनिधि र पत्रकारबीच शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा कार्यक्रमको उद्देश्य अनुसार प्रेस र जनप्रतिनिधि विषयक दुई कार्यपत्र प्रस्तुत गरिएको प्रेस सेन्टर ललितपुरका अध्यक्ष रामहरि कार्कीले जनाएका छन् । कार्यक्रमका […]

बागमती नगरपालिकाले गरेको काम अनुशरणीय : प्रधानमन्त्री

प्रेमनाथ पौडेल, सर्लाही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशको बागमती नगरपालिका बाट संघीय सरकारले पनि सिकेको बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अनुभूत हुनेगरी बागमतीले गरेको कार्यक्रम अनुशरणीय रहेको उनले बताएका हुन् । शनिवार बागमती नगरपालिकाले आयोजना गरेको शैक्षिक तथा सांस्कृतिक कार्यक्रममा ३ हजार बढी विद्यार्थीले एकसाथ प्रस्तुती दिएका थिए भने ७ वटै […]

रक्सि नखाउ भन्दा गयो ज्यान

रूकुम पश्चिममा हजुरबाको हत्या आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१२ का ५१ वर्षीय हस्तराम खड्काको हत्या आरोपमा उनका नाति २३ वर्षीय डिल्लीराम खड्कालाई प्रहरीले पक्राउ गरेको हो। शुक्रबार बिहान साढे ६ बजेतिर जुम्लाबाङ बुगेरी सडक खण्डस्थित त्रिवेणीतर्फ जाने सडकको छेउमा हस्तराम मृत फेला परेका थिए। त्यसपछि जिल्ला प्रहरी प्रवक्ता प्रहरी […]

राप्रपाबाट निर्वाचित सांसद निलम्बित

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रदेश सांसदको पद निलम्बनमा परेको छ । कपिलवस्तु क्षेत्र नम्बर ३ ‘ख’बाट प्रदेशसभा सदस्य निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादव निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन्। अख्तियारले विशेष अदालतमा उनीमाथि वन पैदावारसम्बन्धी भ्रष्टाचार गरेको आरोपपत्र दायर गरेको हो […]