काठमाडौँ, २८ साउन । पत्रकारको छाता संगठन नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनको तयारी पूरा भएको छ । आगामी भदौ ४ र ५ गते ‘व्यावसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा हुने महाधिवेशनको तयारी पूरा भएको महासङ्घका महासचिव उजिर मगरले जानकारी गराए । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष–२ महासचिव, सचिव–६ र कोषाध्यक्षसहित […]
Author: Nonstop Khabar
गौरीफण्टा नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाइने
काठमाडौँ, २८ साउन । प्रदेश नं ७ लाई भारतसँग जोड्ने प्रमुख व्यापारिक नाका धनगढी उपमहानगरपालिकास्थित गौरीफण्टालाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल शुरु भएको छ । प्रदेश नं ७ का स्थानीय जनप्रतिनिधि तथा उद्योगी व्यवसायीको संयुक्त प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई उनकै निवास बालुवाटारमा भेटेर त्यसका लागि पहल शुरु गरेको हो । प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्रीको […]
कम विद्यार्थी भएका विषय समायोजन गर्दै त्रिवि
काठमाडौँ, २८ साउन । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एक क्याम्पसमा कम्तीमा १० भन्दा कम विद्यार्थी हुने विषयलाई अर्काे क्याम्पसमा समायोजन गर्ने भएको छ । मुलुककै जेठो र ठूलो विश्वविद्यालयको मानविकी संकायका केही विषयमा विद्यार्थी क्रमशः घटेपछि सो नीति ल्याइएको हो । आइतबार बस्ने त्रिविसभाबाट पारित गरी सो समायोजन (मर्ज) को नीति लागू गरिने त्रिविका योजना महाशाखा […]
सुस्ताका विद्यार्थीे शिक्षाबाट वञ्चित
नवलपरासी, २८ साउन । कक्षा सञ्चालनको अनुमति नदिदाँ नवलपरासी सुस्ताका गरिब तथा विपन्न विद्यार्थीले कक्षा ६ भन्दा माथिको शिक्षा लिनबाट वञ्चित भएका छन् । जिल्ला शिक्षा कार्यालयले यस वर्षबाट सुस्तास्थित जनता दलित प्राथमिक विद्यालयमा आधारभूत तहअन्तर्गत कक्षा ६ सम्मको मात्र पठनपाठन गराउन पाउने अनुमति दिएको छ । जसकारण गरिब, विपन्न र पिछडिएका समुदायका विद्यार्थी कक्षा […]
विद्यार्थीको हत्या, विद्यार्थी संगठनद्वारा भत्र्सना
भीमदत्तनगर, २८ साउन । कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीको आज बिहान होस्टेलमै हत्यापछि सो घटनाको विद्यार्थी संगठनहरूले भत्र्सना गरेका छन् । बझाङ घर भई हाल सिद्धनाथ विज्ञान क्याम्पसमा बिएससी चौथो वर्षमा अध्ययनरत विद्यार्थी डम्बर जाग्रीको घाँटी रेटेर हत्या गरेको अवस्थामा होस्टेलको स्टोरमा शव भेटिएको थियो । मृतक जाग्रीले क्याम्पसमा रहेको क्यान्टिनसमेत लिजमा लिएर […]
इटहरीमा सातजनाको शव पानीमा भेटियो
सुनसरी, २८ साउन । सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा अत्यधिक वर्षाका कारण आज पानीमा डुबेको अवस्थामा सातजनाको शव फेला परेको छ । भोजपुर घर भई हाल इटहरी–४ को गौंरीगाउँमा डेरा लिई बस्ने माया राईका दुईवटा सन्तान मृत अवस्थामा फेला परेका छन् । उनकी आठ वर्षीया छोरी रुप्सनी, तीन वर्षीय छोरा रुपेश मृत अवस्थामा फेला परेको […]
कुपोषणमुक्त गाउँपालिका घोषणा गर्न प्रतिबद्धतापत्र जारी
पाँचथर, २८ साउन । आगामी पाँच वर्षभित्र पाँचथरको याङबरक गाउँपालिकालाई पूर्ण पोषित गाउँपालिका अर्थात कुपोषणमुक्त गाउँपालिका घोषणा गरिने भएको छ । यस गाउँपालिकालाई पूर्ण पोषित गाउँपालिका बनाउन निर्वाचित जनप्रतिनिधिले शुक्रबार १० बँुदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । बहुक्षेत्रीय पोषणयोजना अन्तर्गत बहुक्षेत्रीय प्रयासबाट यस गाउँपालिकालाई पोषित गाउँपालिका घोषणा गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका बहुक्षेत्रीय पोषण […]
बाढी पहिरोले जाजरकोटका गाउँ अन्धकार
जाजरकोट, २८ साउन । लगातार परेको पानीका कारण खोलानाला बढेपछि जाजरकोटका दर्जन ठाउँमा विद्युत् आपूर्ति बन्द भएको छ । विद्युत् उत्पादका लागि ल्याइएको पानीको नहर भत्किएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । लाखौँ रकम खर्चेर निर्माण गरेका विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । त्रिवेणी नलगाड नगरपालिका–३ करुवास्थित भेरीखोला चिलिखोलेसा लघु […]
विद्यालय भवन निर्माणका लागि प्रवासीबाट नौ लाख सहयोग
बेनी, २८ साउन । बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणाधीन विद्यालय भवनका लागि स्पेनमा रहेका भकिम्लीवासीले रु नौ लाख ३७ हजार सहयोग गरेका छन् । जयन्ती माविको निर्माणाधीन ३० कोठे भवनका लागि स्पेनको बार्सिलोनामा रहेका भकिम्लीका सन्तबहादुर क्षेत्रीको संयोजकत्वमा सो रकम संकलन गरिएको हो । विद्यालय निर्माणका लागि स्पेनमा रहेका भकिम्लीवासी तथा अन्य नेपालीले पनि आर्थिक सहयोग […]
बाढीले मोरङ जिल्ला पूरै डुबानमा । जिल्ला भयो तालजस्तो
मोरङ, २८ साउन । अविरल वर्षाका कारण मोरङमा अहिलेसम्मकै ठूलो बाढी आएको छ । बाढीले मोरङ जिल्ला पूरै तालमा डुवेको जस्तो भएको छ । बाढीले जिल्लाका ७ हजार ५ सयभन्दा बढी घर डुबानमा पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बाढी कारण मृत्यु हुने मध्ये अहिलेसम्म २ जना महिलाको शव फेला परेको छ । […]


