संसदीय व्यवस्थामा आएवापत कांग्रेसले बक्सिस स्वरुप भरतपुरमा मेयर दिएको विप्लवको टिप्पणी

काठमाडौं, २५ साउन। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी केन्द्र र कांग्रेसबीच सत्ता र चुनाव प्रयोजनका लागि गरिएको गठबन्धनलाई इतिहासकै खराब गठबन्धन भएको बताएका छन् । विचारधारात्मक रुपमा राजनीतिक पार्टीहरुबीच हुने गठनबन्धनमध्ये माके–कांग्रेस गठबन्धन अहिलेसम्मकै खराब भएको बताए । गठबन्धनलाई विभिन्न कालखण्डमा विश्व इतिहासमा भएका च्याङकाईसेक र चाङक्वोथाओ, जर्मन सरकार र सिदेमान, फ्रेन्च […]

आठौं राष्ट्रिय खेलकुदका लागि सचिवालय गठन

काठमाडौं, २७ साउन । मध्यपश्चिमाञ्चलमा हुने आठौं राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्रबहादुर हमालको संयोजकत्वमा आठौं राष्ट्रिय खेलकुद– २०७५ सचिवालय गठन गरिएको छ। आठौं राष्ट्रिय खेलकुद आयोजना तयारी अनुगमन, निरिक्षणलगायतका कार्यहरु गर्न अत्यवाश्यक भएकोले हमालको संयोजकत्वमा ६ सदस्यीय सचिवालय गठन गरिएको हो। सचिवालयका सदस्यमा राखेपकी सदस्य शान्ति सिंह, राखेपका […]

रनिङ शिल्डमा कीर्तिमान बनाउने खेलाडीलार्इ एक-एक लाख प्रदान

काठमाडाैं, २७ साउन । युवा तथा खेलकुद मन्त्रालयले आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद प्रतियोगितामा कीर्तिमान बनाएका ४ खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ। सम्मानति हुने सबै खेलाडी एथलेटिक्सका हुन्। विद्यालयस्तरीय राष्ट्रिय कीर्तिमान बनाएका मध्यमाञ्चल अजितकुमार यादव, मध्यपश्चिमाञ्चलका तिलकबहादुर विक, मध्यपश्चिमाञ्चलकी मञ्जु रावत तथा पश्चिमाञ्चलकी विपना परियार सम्मानित भए। अजितले छात्र १ हजार ५ […]

त्यो वेणी कब्जा गरेको दिन

जङ्ग मन अजङ्ग शरीर बनाएर मुक्तिसेनाका लाल सिपाहीहरू धौलागिरि हिमाल चढ्दा रुप्से टक्क रोकिएको दिन कालीगण्डकी सललल बगेको दिन हो आमा त्यही हो वेणी कब्जा गरेको दिन । जनताको महासागरसँग लालसेना मानवबम बनेको दिन कविको कलम बन्दुक बनेको दिन कविता गोली बनेको दिन काली र म्याग्दीको सङ्गम रणभूमि बन्यो ऐतिहासिक कखमा धौलागिरिको भीमकाय धक्का गएको […]

प्रचण्डमाथि केपीले हाने कडा झटारो । जमिन्दार बनेर माअोवादी खाएको अारोप

काठमाडौं, २६ साउन । विपक्षीमाथि चोटिलो प्रहार गर्न निकै माहिर मानिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एउटा अर्को प्रहार बाहिर आएको छ । यसपटक पुनः ओलीले नेकपा (माओवादी केन्द्र) र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि प्रहार गरेका छन् । नेता ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जमिन्दारको संज्ञा दिएका छन् । राजधानी काठमाडौंको धुम्वाराहीमा रहेको […]

बाबुरामका दाहिने हात रहेका देवेन्द्र पौडेलसहित ठूलो समूहले छोड्यो नयाँ शक्ति

काठमाडौं, २६ साउन । जनयुद्धकालदेखि आजसम्म डा. बाबुराम भट्टराईलाई साथ दिँदै आएका नेता देवेन्द्र पौडेलले अन्ततः नयाँ शक्ति छोड्ने भएका छन् । बाबुरामको दाहिने हातका रुपमा रहेका पौडेल आफैले आज राजधानी काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएका हुन् । पौडेलले आफूसँग नयाँ शक्तिमा रहेका पुराना माओवादीहरुको ठूलो समूहलाई लिने भएका छन् । काठमाडौंको बागबजारमा […]

पहिलो पटक दक्षिण कोरियाली सेनाले भन्यो, ‘उत्तरको शङ्कास्पद क्रियाकलाप छँदै छैन’

सोल, २६ साउन । दक्षिण कोरियाले उत्तर कोरियाका तर्फबाट कुनै आणविक परीक्षणलगायतका अन्य कुनै शङ्कास्पद क्रियाकलाप सीमा क्षेत्रमा नभेटिएको जनाएको छ ।  पछिल्लो समयमा उत्तर कोरियाले फेरि पनि अर्काे आणविक क्षेप्यास्त्र परीक्षण गर्नसक्ने भन्दै सीमा क्षेत्रमा दक्षिणले निगरानी गरिरहेको जनाएको छ ।  दक्षिण कोरियाली सेनाले बिहीबार सोलमा आयोजित नियमित पत्रकार सम्मेलनमा भनेको छ– हामीले सीमा […]

जापानमा भेटियो विश्वयुद्धमा अमेरिकाले खसालेर पनि नपड्किएको बम

टोक्यो, २६ साउन । जापानको फुकुसिमामा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा बिहीबार भेटिएको छ । दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्टमा अमेरिकाले जापानमा शक्तिशाली हानिकारक एटम बमले हमला गरेको थियो । सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले जापानको हिरोसिमामा र अगष्ट ९ मा नागासाकीमा बम हमला गरेको थियो […]

काठमाडौंको हिलोधुलोदेखि झूर टेलिफोनबारे संसदमा यसरी उठ्यो चर्को आवाज

काठमाडौँ, २६ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले राजधानी जोड्ने चितवन मुग्लिन सडक कहिले पुनः निर्माण हुन्छ ? भनी प्रश्न गरेका छन् । भूउपयोग नीति ल्याउन, वर्षा हुँदा हिलाम्मे हुने र घामलाग्दा धुलाम्मे हुने राजधानीका सडकको दूरावस्थामा सरकारले ध्यान नदिएको, राजधानीका सार्वजानिक यातायातका यात्रुले कष्टप्रद रुपमा यात्रा गर्नु परेको भन्दै उनीहरुले भूकम्पपीडित जनताको […]