रनिङ शिल्डमा कीर्तिमान बनाउने खेलाडीलार्इ एक-एक लाख प्रदान

काठमाडाैं, २७ साउन । युवा तथा खेलकुद मन्त्रालयले आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद प्रतियोगितामा कीर्तिमान बनाएका ४ खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ।

सम्मानति हुने सबै खेलाडी एथलेटिक्सका हुन्। विद्यालयस्तरीय राष्ट्रिय कीर्तिमान बनाएका मध्यमाञ्चल अजितकुमार यादव, मध्यपश्चिमाञ्चलका तिलकबहादुर विक, मध्यपश्चिमाञ्चलकी मञ्जु रावत तथा पश्चिमाञ्चलकी विपना परियार सम्मानित भए।

अजितले छात्र १ हजार ५ सय मिट दौड, तिलकले छात्र सटपुट, मञ्जुले छात्रा १ हजार ५ सय मिटर दौड तथा विपनाले छात्रा ट्रिपलजम्प र लङजम्पमा कीर्तिमान बनाएका थिए। दुई कीर्तिमानका लागि विपनाले २ लाख नगद पुरस्कार पाइन्। बाँकीले १ लाखका दरले नगद पुरस्कार पाए। विशेष कारणवस विपना भने कार्यक्रममा उपस्थित थिइनन्।

सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलाडीलाई नगद बराबरको चेक र सम्मान पत्र प्रदान गरी सम्मान गरे।

Loading...