डिआईडी चेन अब नेपालमा

काठमाडौंँ, ७ भदौ । डाइडो इन्डियाले उत्पादन गरेको डिआईडी ब्रान्डको बाइक चेन नेपालमा भित्रिएको छ । सत्यदिप इन्टरनेसनलले डिआईडी ब्रान्डको चेन किट नेपालमा भित्र्याएको हो । एक कार्यक्रमका बीच डाइडो इन्डियाका प्रबन्ध निर्देशक कात्सुसी कियोसिगे, सहायक प्रबन्ध निर्देशक अंकुश जैन, सत्यदिप इन्टरनेसनलका प्रबन्ध सञ्चालक दिपेन्द्र मिश्र र बजार निर्देशक सञ्जिव हमालले संयुक्त रूपमा चेन किट […]

वल्र्डलिंक सेवा अझ नजिक

काठमाडौं । नेपालकै सर्वोत्कृष्ट तथा अग्रणी इन्टरनेट सेवा प्रदायकको रुपमा सुपरिचित भई संचार जगत्मा राम्रो र छिटो सेवा दिदै आएको वल्र्डलिङ्कले ग्राहकवर्गको आकर्षणलाई ख्याल राख्दै समय सापेक्ष ग्रहकवर्ग माझ भरपर्दो सेवाको अनुभव दिलाउदैँ संचार प्रवाह उत्कृष्ट बनाउने लक्ष्यसाथ सेवालाई गुणस्तरीय, छिटो र छरितो बनाउन विभिन्न नयाँ शाखा विस्तार गर्ने योजना स्वरुप आज नयाँ बानेश्वर स्थित […]

विराटनगर विमानस्थल पूर्ण रुपमा बन्द । केही दिन खुल्न गाह्राे

विराटनगर, ३१ साउन । अविरल वर्षाले गर्दा डुबानमा परेको विराटनगर विमानस्थल सञ्चालनमा अझै केही दिन लाग्ने भएको छ । बाढी पसेर जलमग्न भएको विराटनगर विमानस्थलको पानी घटे पनि सञ्चालन गर्ने अवस्थामा नभएको नगरिक उड्डयन प्राधिकरण विराटनगरले जनाएको छ । प्राधिकरणका अनुसार विमानस्थलको धावनमार्गको पानी सुके पनि अन्य स्थानमा जमेको पानी अझै सुकिसकेको छैन । वर्षा […]

झापा र मोरङमा मात्रै ३० जनाको मृत्यु

विराटनगर, ३१ साउन । मोरङमा १९ जनाको शव भेटियो, झापामा ११ को मृत्यु, ४ बेपत्ता, पूर्वी नेपालको मौसममा सुधार निरन्तरको वर्षाका कारण मोरङमा १९ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार सोमबारसम्म १९ जनाको शव भेटिएको छ । अझै केही बेपत्ता छन् । वर्षा रोकिएपछि बाढीले बगाएर मृत्यु हुनेहरूको शव भेटिन थालेको […]

४८ घन्टा रुखमा चढेर १२ जना गाउँलेले यसरी ज्यान जाेगाए

काठमाडाै, ३१ साउन । तिन दिनदेखि राप्ती नदीको बीच टापुमा फसेका १२ जनाको सोमबार दिउँसो डुंगाको सहायताले उद्धार गरिएको छ । हेलिकप्टरले उद्धार गर्न नसकेपछि राप्ती–सोनारी गाउँपालिका–७ का वडा अध्यक्ष रामलखन थारुको नेतृत्वमा गएको टोलीले बाढीमा फसेका १२ जनाको सकुशल उद्धार गरिएको हो । बाढीमा फसेका सबै राप्ती–सोनारी गाउँपालिका–७, बसन्ताका भएको वडा अध्यक्ष थारुले बताए […]

चितवनको बालगृहबाट ३६५ जनालाई हेलिकप्टरबाट उद्धार

चितवन, ३० साउन । पश्चिम चितवनको जगतपुरमा रहेको आशा बालगृहमा राप्तीको बाढी पसेपछि त्यहाँ रहेका विद्यार्थी, शिक्षक र कर्मचारीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । बालगृहलाई बीचमा पारेर राप्तीको भङ्गालो बगेपछि त्यहाँ ३६५ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । उनीहरुलाई नजिकै रहेको गौरचनको विद्यालयमा राखिएको छ । बालगृह […]

राखेपले राष्ट्रिय पौडी प्रतियोगिता गर्दै

काठमाडौँ, २९ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तत्वावधान तथा नेपाल पौडी सङ्घको आयोजनामा बीसौँं राष्ट्रिय पौडी प्रतियोगिता यसै सातादेखि शुरु हुने भएको छ । आगामी भदौ १ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा एक खेलाडीले चार विधामा मात्र सहभागिता जनाउन पाउने सङ्घकी उपाध्यक्ष तथा आयोजक समिति संयोजक गीता राणाले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिए […]

बाढीका कारण प्राधिकरणको दुई अर्बभन्दा बढीको क्षति

काठमाडौँ, २९ साउन । अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणका एक दर्जनभन्दा बढी सबस्टेसन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । प्राधिकरणले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ती संरचनाको क्षति करिब रु दुई अर्बको हाराहारीमा हुन सक्ने देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज ऊर्जा मन्त्रालयमा आयोजित पत्रकारसम्मेलनमा भने, “प्राधिकरणको संरचनामा अर्बौंको क्षति […]

नेकपाले आफ्नो सबै शक्ति बाढी र डुवान क्षेत्रमा खटाउने

काठमाडौँ, ३० साउन । नेपाल कम्युनिस्ट पार्टीले राज्य संचालकहरु उत्तरदायी नभएका कारण जनता असुरक्षित र जोखिमपूर्ण जीवन बाच्न बाध्य भएको बताएको छ । देसभर बाढी र डुवानले जनताले ज्यान गुमारहँदा पनि सरकारले कुनै उल्लेख्य कदम चाल्न नसकेकाे भन्दै नेकपाले अाक्राे पनि व्यक्त गरेकाे छ । नेकपाका प्रवक्ता प्रकाण्डले आइतबार एक विज्ञप्ति जारी गर्दै जनताकाे जीवनसँग […]

अष्ट्रेलियानबाट राष्ट्रिय आविष्कार केन्द्रलाई २० लाख सहयोग

बेनी, ३० साउन । म्याग्दी प्रवासी नेपाली सङ्घ मोना (अष्ट्रेलिया)ले राष्ट्रिय आविष्कार केन्द्रका लागि २० लाख सहयोग गरेको छ । नेपालमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने उद्देश्यले सहयोग जुटाउन अष्ट्रेलिया जानुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् अभियानकर्ता डा महवीर पुनको स्वागतमा अष्ट्रेलियामा आयोजित एक कार्यक्रममा मोना (अष्ट्रेलिया)ले सो रकम सहयोग गरेको मोना (अष्ट्रेलिया)का अध्यक्ष हरि […]