२०८१ चैत्र २ गते काठमाडौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले अनेसासका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार श्री होमनाथ सुवेदीलाई नेपाली डायस्पोरा स्वर्ण तारा सम्मानबाट सम्मान गर्नुका साथै उहाँद्वारा लिखित नन्दिनी शोक महाकाव्य, नन्दा शोक खण्डकाव्य, सेती गजल खण्डकाव्य तथा उहाँद्वारा सम्पादित कृति नन्दादेवी स्मृतिग्रन्थको विमोचन कार्यक्रम सम्पन्न गरेको छ । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी.को सभापतित्वमा भएको उक्त कार्यक्रमका […]
Author: Nonstop Khabar
शिक्षकका माग सम्बोधन नगरे परिणाम राम्रो हुँदैन : प्रचण्ड
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलसँग शनिबार खुमलटारमा भेट गर्दै अध्यक्ष प्रचण्डले शिक्षकलाई कम आँकिए यसको परिणाम राम्रो नहुने र त्यसको मूल्य सरकारले चुकाउनुपर्ने स्पष्ट […]
को हुन् ६० वर्षे बलिउड अभिनेता आमिर खानकी नयाँ प्रेमिका
न्यूजकारखाना, काठमाडौँ । बलिउडका चर्चित अभिनेता आमिर खानले यस हप्ता ६० वर्ष पूरा गरेका छन् । आफ्नो जन्मदिन मनाउन आयोजित एक पार्टीमा उनले आफू फेरी प्रेममा परेको खुलासा गरेर चर्चामा रहेका छन् । आमिर खानले बिहीबार आफ्नो जन्मदिनको अवसरमा पत्रकार सम्मेलनमा आफ्नो जीवन र फिल्म उद्योगको यात्राको बारेमा कुरा गरिरहेका थिए । यस क्रममा उनले […]
सूर्यविनायक नगरप्याब्सन उत्कृष्ट, अध्यक्ष मैनालीलाई सर्वोत्कृष्ट लिडरशीप सम्मान
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले उत्कृष्ट पालिका शाखाको रुपमा भक्तपुरको सूर्यविनायक नगरपालिका शाखालाई पुरस्कृत गरेको छ । त्यसैगरी यस पालिका शाखाका निवर्तमान अध्यक्ष दिनेश मैनाली देशकै सर्वोत्कृष्ट नेतृत्वका रुपमा सम्मानित भएका छन् । प्याब्सनको १६ औँ राष्ट्रिय महाधिवेशनको अवसरमा देशका सबै स्थानीय तहमा भएका नगर प्याब्सन कमिटीहरूमध्ये सूर्यविनायक नगर प्याब्सन र यसका […]
मधेस प्रदेशका मुख्यमन्त्री सिंह महामूर्ख !
न्यूजकारखाना, जनकपुरधाम । यस वर्षको ‘महामूर्ख’ को उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ । होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप) ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन आज जनकपुरधाममा उक्त घोषणा गरिएको हो । रङको र खुसीको पर्व होलीका अवसरमा जनकपुरधामस्थित मिनापले हरेक वर्ष यो सम्मेलन […]
हङकङलाई नेपालले ६ विकेटले हरायो
काठमाडौँ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । जारी चार देशीय सिरिज अन्तर्गत हङकङले दिएको १०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि सम्झना खड्काले सर्बाधिक ४७ रन बनाएकी थिइन् भने पुजा महतोले अविजित २०, कप्तान इन्दु बर्माले १८ रन बनाएकी थिइन् । […]
भुवन मास्केको संस्मरण सङ्ग्रह “समय र अनुभूति” लोकार्पित
२०८१ चैत १ काठमाडौं । वासुशशी स्मृति प्रतिष्ठानको आयोजनामा लेखक भुवन मास्के “मुस्कान”को संस्मरण सङ्ग्रह “समय र अनुभूति” कृतिको आज लोकार्पण भयो । डालो रेस्टुरेन्ट अनामनगर, काठमाडौंमा आयोजित भव्य कार्यक्रममा उक्त कृति नेप्रप्रका पूर्व उपकुलपति वरिष्ठ कवि विष्णुविभु घिमिरे लगायतले लोकार्पण गरेका थिए । प्रतिष्ठानकी उपाध्यक्ष हिरण्यकुमारी पाठकको सभापतित्वमा आयोजित सो कार्यक्रममा कृतिको लोकार्पणपछि प्रमुख […]
शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख अधिकारीको असामयिक निधन
शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका इकाई प्रमुख रहेका उपसचिव विचारीप्रसाद अधिकारीको असामयिक निधन भएको छ । अधिकारी करिब एक वर्ष देखि आन्द्रासम्बन्धी क्यान्सरले ग्रसित रहेका थिए । ५५ वर्षको उमेरमा उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई आजै शुक्रवार अपराह्न ३ बजे पशुपतिस्थित आर्यघाट पुर्याइ अन्तिम सस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । […]
सरकारको खर्च आम्दानी भन्दा बढी, विकास खर्च भने कमजोर
काठमाडौँ । चालु आर्थिक वर्षको चौमासिक अवधिसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा सरकारले रू ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख मात्र आम्दानी गर्दा खर्च भने रू ८ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख पुगेको छ। यसअनुसार सरकारको घाटा रू १ खर्ब ५३ करोड ४७ लाख […]
स्थानीयको दबाबपछि सशस्त्रका एसपी आफैंले लिए सईलाई नियन्त्रणमा
न्यूजकारखाना, महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिका-४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा कार्यरत् सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) धर्मेन्द्र महतो पक्राउ परेका छन्। महतोलाई सशस्त्रको महोत्तरीस्थित ९ नम्बर गणका एसपीले पक्राउ गरी गणमा ल्याएर राखेका हुन्। त्यहाँकी स्थानीय ९ वर्षीया बालिकामाथि शुक्रबार यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महतोलाई नियन्त्रणमा लिइएको हो। महोत्तरी प्रहरी प्रवक्ता प्रहरी नायब […]











