भक्तपुर । पत्रकार एवं गीतकार जितेन्द्र रसिकले आऊ ! अलि धेरै, माया गरौं हामी बोलको नयाँ गीत ल्याएका छन् । शुक्रबार उनले सो गीत सामाजिक संजालबाट सार्वजनिक गरेका हुन् ।
छाडी देउँ तिम्रो रिसाउने बानी । आऊ ! अलि धेरै, माया गरौं हामी भन्दै मायाप्रेमका शब्दहरु रसिकले सुन्दर ढङ्गले गीतमा सिउरिएका छन् ।
वसन्तले फूललाई अँगालेको जस्तो । इन्द्रेणीले घामपानी सम्हालेको जस्तो मायामा उनले जोड दिएका छन् ।
गीतको अडियो मात्र आएको र भिडियो बन्न बाँकी रहेको गीतकार रसिकले बताएका छन् । रसिकका दर्जन बढी गीत र गजल यस् अघि बजारमा आइसकेका छन् ।
उनका कथा, कविता, निवन्ध र लेखहरुका संग्रह पुस्तकहरु पनि दर्जन बढी प्रकाशित छन् ।
रसिकको भावपूर्ण शब्दमा उनिएको यो नयाँ गीतमा संकेत अगस्तीले जीवन्त संगीत भरेका छन् । गीतमा श्रेय अगस्ती र साक्षी अगस्तीले सुमधुर स्वर दिएका छन् ।