जनसंख्याका अाधारमा निर्वाचन क्षेत्र । ३५ जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र

काठमाडौं, १५ भदाै । निर्वाचन क्षेत्र निर्धारण अायाेगले जनसंख्याका अाधारमा प्रतिनिधि सभाका लागि क्षेत्र निर्धारण गरेकाे छ । जसअनुसार नेपालका ३५ जिल्ला एउटा निर्वाचन क्षेत्रमा सीमित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आयोगले आफ्नो बुझाएकाे प्रतिवेदनमा साे कुरा उल्लेख गरिएकाे छ । आयोग अध्यक्ष कमलनारायण दासले बुधबार साँझ प्रतिनिधि सभाका लागि १६५ र प्रदेश […]

वलिउड अभिनेत्री प्रियंका चाेपडाले बनाइन नेपाली मुभी

काठमाडाैं । प्रियंका चोपडा बलिउडकी चर्चित अभिनेत्री हुन् । उनले वलिउडबाट फड्काे मारेर हलिउडकाे यात्रा तय गरिसकेकी छन् । तिनै प्रियंकाले एक नेपाली चलचित्र पनि बनाएकी छन् । प्रियंकाको कम्पनी पर्पल पेब्बलले पाहुना नामक नेपाली चलचित्र निर्माण गरेकाे हाे । नेपाली भाषामा तयार गरेकाे भए पनि याे चलचित्र भने भारतकै सिक्किम क्षेत्रकाे जनजीवनमा अाधारित छ […]

अज्ञात रोगबाट ४२ बालबालिकाको अस्पतालमै मृत्यु

काठमाडौं, १५ भदौ । भारतको उत्तरी राज्य उत्तर प्रदेशका एक सरकारी अस्पतालमा ४२ जना बालबालिकाको मृत्यु भएको छ । गत ४८ घण्टामा गोरखपुरमा रहेको बाबा राघभ दास मेडिकल कलेजमा उनीहरूको मृत्यु भएको बुधबार सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । मृत्यु भएका ४२ मध्ये सात जनालाई इन्सेफ्लाटिस र बाँकी अन्यलाई बालबालिकासम्बन्धी रोगका कारण मृत्यु भएको मेडिकल […]

पहिरोमा परी ३० जनाको मृत्यु १२ बेपत्ता

काठमाडौं, १५ भदौ । चीनको ग्रामीण क्षेत्रमा गएको दुई वटा पहिरोमा परी ३० जनाको मृत्यु भएको छ । यस पहिरोमा अन्य १२ व्यक्ति बेपत्ता भएको सरकारी सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन् । चीनको दक्षिणपूर्वी प्रान्त गुइजोउ पर्ने एउटा ठाउँमा सोमबार गएको पहिरोमा परी २३ जना मृत्यु भएकै बेला बुधबार दोस्रो पहिरो गएर अरू ७ जनाको मृत्यु […]

टेलिकमभित्र नक्कली काम गर्ने ११५ जनालाई जेलसजाय

काठमाडौं, १५ भदौ । पूर्वी चीनको जेजिआङ प्रान्तमा बुधबार टेलिकममा नक्कली काम गरेको आरोपमा ११५ व्यक्तिलाई जेल सजाय दिइएको छ । सजाय दिइएका ती व्यक्तिहरूमा प्रायः कलेज अर्थात उच्च माध्यमिक विद्यालयका व्यक्तिहरू रहेका छन् । हैनिङ्ग शहरका एक अदालतका अनुसार जेल सजाय पाएका ती व्यक्तिहरूलाई वेबसाइट हटिङ्गको आरोप लागेको छ ।

अनिल शर्मालार्इ अध्यक्ष बनाउन सातै प्रदेशका इन्चार्जको अपील

काठमाडौं, १४ भदाै । नेकपा (माअाेवादी केन्द्र) काे विद्यार्थी संगठन अखिल क्रान्तिकारीकाे नयाँ नेतृत्व कसले पाउला ? पार्टीका नेताहरुले सर्वसम्मतीमा नेतृत्व चयन गर्न गरेकाे प्रयास असफल भएपछि अहिले नेतृत्वका लागि चुनाव भइरहेकाे छ । चुनावी मैदानमा अध्यक्ष पदमा दुर्इ जना उम्मेदवारबीच ठूलाे घम्साघम्सी चलिरहेकाे छ । सुरुमा अध्यक्ष पदमा धेरै अाकांक्षी भए पनि अन्तिममा अनिल […]

ड्युटीमा खटिएका प्रहरीको टाउकोमा खुकुरी हान्ने पक्राउ

चितवन, १४ भदौ । चितवन नारायणगढस्थित व्यस्त बजारमा दिउसै ड्यूटीमा रहेका प्रहरी जवानलाई आक्रमण गर्ने आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको क्षेत्रपुर बस्दै आएका ३० वर्षीय दिलिप सुनारले आज बुधवार दिउसो प्रहरी जवान तारा पोखरेललाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । नारायणगढको पोखरा बसपार्क नजिक ड्युटीमा खटिएकी प्रहरी जवान तारा पोखरेलमाथि उनले सांघातिक […]

आधा घन्टासम्म सर्भर डाउन भएर बन्द भएपछि फेसबुकले माग्यो माफी

एजेन्सी । के तपाई फेसबुक बन्द भएको कल्पना गर्नसक्नुहुन्छ । विश्वलाई नजिकबाट जोडिरहेको सामाजिक सञ्जाल साइट फेसबुक एकछिन पनि बन्द भयो भने संसारमा मानिसहरु निकै हलचल मच्चाउन थाल्छन् । यस्तै भएको छ फेसबुकमा । आधाघन्टासम्म डाउन भएर नचलेपछि फेसबुकले प्रयोगकर्तासँग माफी मागेको छ । आधुनिक प्रविधिमा विभिन्न एप उत्पादन गर्ने र दिनहुँ नयाँ नयाँ फिचर […]

गलत समाचार शेयर र पोस्ट गर्नेहरुलाई फेसबुकले यसरी लिँदैछ नियन्त्रणमा

फेसबुकमा गलत सूचना सम्प्रेषण गर्ने र गलत समाचार शेयर गर्नेहरुमाथि अब लगाम लाग्ने भएको छ । फेसबुकले त्यस्ता प्रयोगकर्ताका पेजमा अब फेसबुकले विज्ञापन दिन बन्द गर्ने निर्णय गरेको छ । वेबसाइट ुटेकक्रंचु को रिपोर्ट अनुसार सोशल मीडिया प्लेटफर्ममा कसैले विवादित समाचारको लिंक पोष्ट गरेमा फेसबुकले त्यसलाई विज्ञापन दिन बन्द गर्नेछ । फेसबुकले समाचारको सत्यता जाँच […]

मन्त्रिपरिषद्ले गर्यो बढुवा, खारेज र दुर्इ चरणमा चुनाव गर्ने निर्णय

काठमाडौँ, १४ भदौ । सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति आगामी मंसिर २१ गतेलाई तोकेको छ । यसअघि सरकारले दुबै निर्वाचन […]