आधा घन्टासम्म सर्भर डाउन भएर बन्द भएपछि फेसबुकले माग्यो माफी

एजेन्सी । के तपाई फेसबुक बन्द भएको कल्पना गर्नसक्नुहुन्छ । विश्वलाई नजिकबाट जोडिरहेको सामाजिक सञ्जाल साइट फेसबुक एकछिन पनि बन्द भयो भने संसारमा मानिसहरु निकै हलचल मच्चाउन थाल्छन् । यस्तै भएको छ फेसबुकमा ।

आधाघन्टासम्म डाउन भएर नचलेपछि फेसबुकले प्रयोगकर्तासँग माफी मागेको छ । आधुनिक प्रविधिमा विभिन्न एप उत्पादन गर्ने र दिनहुँ नयाँ नयाँ फिचर दिइरहेको फेसबुकले आफ्नो सर्भरमा केही गल्ती भएको भन्दै माफी मागेको हो ।

केही समय पहिले मात्र फेसबुक र इन्स्ट्राग्राम समेत डाउन भएका थिए । विश्वभरका प्रयोगकर्ताले यसरी फेसबुक डाउन भएर नचलेपछि अरु साइटहरुमा विभिन्न खालका प्रतिक्रिया दिन थालेका थिए । फेसबुकका प्रयोगकर्ताले ट्वीटरमा फेसबुक ब्ल्याकआउट भएको तस्वीर समेत शेयर गरेका थिए । लाखौ प्रयोगकर्ताले फेसबुक लगइन गर्न नपाएर ट्वीटरमा गएर गाली गर्न थालेपछि फेसबुकले तत्काल माफी माग्दै त्यसलाई सच्याउने बताएको हो ।

सामाजिक सञ्जाल फेसबुक हिजोआज संसारभरका मानिसहरुका लागि अतिआवश्यकीय वस्तुका रुपमा स्थापित भइसकेको छ । मान्छे एक मिनेट पनि फेसबुकमा नहुँदा केही न केही छुटेको महसुस गर्न थालिसकेका छन् । फेसबुकका करोडौ प्रयोगकर्ता छन् ।

फेसबुक बन्द भएपछि यसरी जनाइएको थियो प्रतिक्रिया

Loading...