गलत समाचार शेयर र पोस्ट गर्नेहरुलाई फेसबुकले यसरी लिँदैछ नियन्त्रणमा

फेसबुकमा गलत सूचना सम्प्रेषण गर्ने र गलत समाचार शेयर गर्नेहरुमाथि अब लगाम लाग्ने भएको छ । फेसबुकले त्यस्ता प्रयोगकर्ताका पेजमा अब फेसबुकले विज्ञापन दिन बन्द गर्ने निर्णय गरेको छ ।

वेबसाइट ुटेकक्रंचु को रिपोर्ट अनुसार सोशल मीडिया प्लेटफर्ममा कसैले विवादित समाचारको लिंक पोष्ट गरेमा फेसबुकले त्यसलाई विज्ञापन दिन बन्द गर्नेछ । फेसबुकले समाचारको सत्यता जाँच गर्ने वेवसाइट स्नोप्स र एपीसँग यसमा सहकार्य गरेको छ ।

अमेरिकामा राष्ट्रपति चुनावको क्रममा निर्वाचनलाई प्रभावित गर्ने खालका समाचार प्रशारण फेसबुक एकाउन्ट र पेजबाट बढी भएपछि फेसबुकले निकै आलोचना व्यहोर्नुपरेको थियो । त्यसपछि फेसबुकले यस क्षेत्रमा केही विशेष काम गरिरहेको थियो ।

फेसबुकका प्रोडक्ट डाइरेक्टर रॉब लीथर्नले फेसबुकले यस्ता समस्यालाई तीन तरिकाले समाधान गर्ने कोसिस गरिरहेको जानकारी दिएका छन् । फेसबुकले पहिलो गलत समाचार पोस्ट गर्ने प्रयोगकर्ताले त्यस्ता पेजबाट कुनै आर्थिक लाभ लिन नपाउने गरी विज्ञापन बन्द गर्ने, दोस्रो त्यसरी गलत समाचार शेयर वा पोस्ट गर्ने प्रयोगकर्ताको स्पी ढिला गरिदिने र तेस्रो त्यसरी गलत समाचार सम्प्रेसन गर्ने व्यक्तिलाई त्यसको बारेमा जानकारी दिने जनाएको छ । यसरी गलत समाचार सम्प्रेषण हुनबाट रोक्न सकिने फेसबुकले योजना बनाएको छ ।

फेसबुकले त्यसरी गलत समाचार प्रशारित गर्नेहरुलाई विज्ञापन दिनेबारे लगाइने प्रतिबन्ध स्थायी नहुने जनाएको छ । फेसबुकले यदि कसैले आफ्नो पेजबाट फर्जी समाचार शेयर गर्न वा पोस्ट बन्द गर्छन भने उनीहरुलाई फेरि विज्ञापन दिन सकिने जनाएको छ ।

Loading...