फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या

सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या भएको छ । मङ्गलबार साँझदेखि यसका प्रयोगकर्ताले लग इन गर्न सकेका छैनन ।

यो नेपालभरी मात्र नभई विश्वव्यापीरुपमा देखिएको समस्या भएको विज्ञहरुको भनाइ छ । मेटाका यी प्लेटफर्म प्रयोगकर्तालाई यो साझा समस्या भएको जानकारी गराइन्छ ।

मङ्गलबार बिहानैदेखि विभिन्न समस्या आएको सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताको अकाउन्ट एकाएक लगआउट भएको छ । सबैको साझा समस्या भएकाले त्यसमा धेरै तनाव नलिन र रिकभर गर्न पट्टी नलाग्न आइटी इन्जिनियरहरुले सुझाव दिएका छन् ।

Loading...