सुवेदीले पाउने भए अन्तर्दृष्टि स्वर्ण सम्मान

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले अन्तर्दृष्टिको स्वर्ण अंक प्रकाशनको अवसर पारेर पुरु सुवेदीलाई ‘अन्तर्दृष्टि स्वर्ण सम्मान’   प्रदान गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो ।

अमेरिकाको वासिङटन डिसीमा सन् १९९१ मा स्थापना भएको अनेसासले  १९९३ देखि मुखपत्रको रुपमा अन्तर्दृष्टिको निरन्तर प्रकाशन गरिरहेको छ ।

पुरु सुवेदी अन्तर्दृष्टिका प्रथम प्रधान सम्पादक हुन । 

अन्तर्दृष्टि को स्वर्ण ५० औँ अंक मार्च ९ मा पोर्चुगलमा सम्पन्न हुने आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन लोकार्पित हुँदैछ । उक्त सम्मेलनमा सुवेदीलाई अन्तर्दृष्टि स्वर्ण सम्मान गर्न लागिएको हो ।

अन्तर्दृष्टिका संस्थापक प्रधान सम्पादक सुवेदी अनेसासका पूर्व अध्यक्ष हुनुहुन्छ भने हाल अनेसास बिओटी सल्लाहकार हुन।

उनको विस्तृत विवरण यसप्रकार रहेको छ –

जन्म स्थान : म्याग्दी, नेपाल;  बाबु आमा : होमनाथ सुवेदी तथा नन्दादेवी सुवेदी

हालको बसोबास : सन् १९८९ देखि भर्जिनिया, अमेरिका ।

शिक्षा : मास्टर अफ साइन्स, कम्प्युटर साइन्स; विद्या-वारिधि कार्यक्रम

पढेको शिक्षण संस्था : जर्जमेसन युनिभर्सिटी, फेयरफ्याक्स भर्जिनिया ।

पहिलो रचना प्रकाशित मितिं –  पहिलो लेख –  “नेपाली साहित्यमा वोर्ल्ड वाइड वोएबको प्रयोग” १९९६ को अनेसासको मुखपत्र अन्तर्दृष्टि पत्रिकाको वर्ष ४ अंक १ मा

कृति सूची : दृष्टि—कोण (सम्पादन —२०७१÷२०१४), करिब २०० पृष्ठको अन्तर्वार्ताको पुस्तक ।

पुरस्कार : अनेसास शर्मा मुडभरी कविता पुरस्कार २००२ तृतीय अन्य विभिन्न सम्मानहरु ।

रूचि : आप्रवासमा नेपाली भाषा र साहित्यको विकासमा सेवा पुर्याउने ।

देश विदेशको भ्रमण : अमेरिकाका विभिन्न स्टेटहरु, मेक्सिको, जमैका, बहामा, भारत, बेलिज , क्यानडा, हिटी

साहित्यबारेका कार्य :  लेखन – ग्रिड, क्लाउड कम्प्युटि र ई-साहित्यमा अनुसन्धान, कविता, र अनुसन्धानात्मक पेपर लेखन, प्रकाशन र प्रस्तुति ।  सम्पादन – प्रधान सम्पादकः अन्तर्दृष्टि अनेसास १९९१ देखि १९९६सम्म, एएन्एस न्युजलेटर १९९३देखि १९९४सम्म, सम्पादक – एएन्ए तथा एएन्एसको संयुक्त प्रकाशन न्युजलेटर  १९९४, सम्पादक – नेपाल ह्युमेन राइटस कमिटी, युएसए, जर्नल सम्पादक – प्रथम अन्तर्राष्ट्रिय साहित्य सम्मेलन स्मारिका २००९ को सम्पादन, संस्थापन- अनेसास ग्लोबल नेटवर्क “INLS Global Network of People of Nepali Origin”नेपाली डायस्पोरामा अनेसासबाट । अभियानकर्ता – हरेक समुदायलाई  एकबद्ध गराई नेपाली पहिचानलाई  दिगो र जीवन्त राखौँ  “Lets Unite Every Community to Keep Nepali Identity Alive and Vibrant” अनेसासबाट ।

अनेसास च्याप्टर संस्थापन – विश्वभर ६० भन्दा बढी च्याप्टरको स्थापना ।

१९९३मा अन्तर्दृष्टि इलेक्ट्रोनिक न्युजलेटरको संचालन र इन्टर्नेट आउदासाथ अनेसासको वेभसाइटको स्थापना, सम्पादन संचालन र ग्लोबल नेटवर्क कोअर्डिनेशन २०१० सम्म गरी हाल अनेसास विओटीको सह-अध्यक्ष  समेत गरी अनेसासका च्याप्टरहरुलाई विश्वभर फैलाएर नेपाली भाषा र साहित्यको सम्पादन र संगठनमा पुराएको योगदान ।  हाल नेपाली साहित्यकार  विश्व संजाल समूहको नेपाली साहित्य प्रशिक्षक भै सेवा गर्दै आएको र विश्वभर नेपाली भाषा साहित्यको बिकास र विश्वब्यापिकरण गरि नेपाली पहिचानलाई जिवन्त र दिगो बनाउन पुराएको योगदान बापत “सरस्वति साधना सम्मान २०७७” ले विभूषित गरिएको

सामाजिक कार्य : आबद्धता –  १९९१ मा अनेसास स्थापना गर्दाको विधान परिषदको प्रशासकीय निर्देशक,  सस्थापक सदस्य र १९९३ सम्म बोर्ड अफ डाइरेक्टर, रजिस्टर्ड एजेन्ट अनेसास केन्द्र,  १९९१ देखि १९९६सम्म –  अनेसास प्रशासन अधिकृत, अन्तर्दृष्टि प्रधान सम्पादक, १९९७ – १९९८ कोषाध्क्य अनेसास केन्द्र, १९९८ – २००० प्रसाशन प्रमुख, अन्तर्दृष्टि सम्पादक,  २००१ – २००२  उपाधक्ष्य अनेसास केन्द्र,  २००२ देखि २००४ अध्यक्ष अनेसास केन्द्र, संसारभरका अनेसास च्याप्टर कोअर्डिनेशन गर्ने  ग्लोबल नेटवर्क कोअर्डिनेटर २०१० सम्म, हाल २०१८ – २०२२ सह-अध्यक्ष बोर्ड ओफ ट्रष्टी,  संस्थापक अध्यक्षः नेपाली विद्यार्थी संगठन, जर्जमेसन विवि, २००१ देखि २००३, सस्थापक सदस्य गैर आवासीय नेपाली संघ  र  भूपू बरिष्ठ उपाध्यक्ष, गैर आवासीय नेपाली संघ, अमेरिका;  सस्थापक तथा संरक्षक अमेरिकन नेपाली सामुदाइक केन्द्र, भर्जिनिया

गरिएका अन्य कार्य : भाषा सेवा – वाशिङ्गटन डि सी मेट्रो क्षेत्रमा अनेसासबाट नेपाली भाषा तथा संस्कृति विद्यालयको स्थापना  जो डाएस्पोराको पहिलो थियो। संस्थापक अनेसास डीसी च्याप्टर लगाएत विश्वभर ६० भन्दा बढी च्याप्टरको स्थापना, अनेसास विश्व नेपाली भाषा शिक्षा कार्यक्रमको प्रस्तोता जस अनुसार संसारका विभिन्न क्षेत्रमा नेपाली भाषा तथा संस्कृति विद्यालयको आरम्भ र भाषा कक्षा संचालनमा तीव्रता । भाषा पाठ्यक्रम कमिटीको संस्थापक । ई–लिटरेचर नै अबको साहित्यको नया विधा हो भन्ने कार्यपत्र सहित २००३ को काठमाण्डौंमा भएको एन्आर्एन्एको सम्मेलनमा कार्यपत्र प्रस्तुत  । संस्थापक र प्रायोजक – अनेसास सर्वोत्तम पुस्तक पुरस्कार, अनेसास लक्ष्मण सत्याल स्मृति सर्वोत्तम  गीत-गजल हाइकु-मुक्तक पुस्तक पुरस्कार  पेसा : कम्प्युटर साइन्टिस्ट ।

Loading...