सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या समाधान

सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या समाधान भएको छ । मङ्गलबार साँझदेखि यसका प्रयोगकर्ताले लग इन गर्न सकेका थिएनन ।

यो नेपालभरी मात्र नभई विश्वव्यापीरुपमा देखिएको समस्या भएको विज्ञहरुको भनाइ छ । मेटाका यी प्लेटफर्म प्रयोगकर्तालाई यो साझा समस्या भएको जानकारी गराइन्छ ।

मङ्गलबार बिहानैदेखि विभिन्न समस्या आएको सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताको अकाउन्ट एकाएक लगआउट भएको हो ।राति करिब साढे १० बजे उक्त समस्या समाधान भै प्रयोगकर्ताको अकाउन्ट लग इन भएको छ । सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या समाधान भएको भएपनि समस्याका कारण बारे मेटाले कुनै आधिकारिक टिप्पणी गरिसकेको छैन ।

Loading...