पहिरोमा परी ३० जनाको मृत्यु १२ बेपत्ता

काठमाडौं, १५ भदौ । चीनको ग्रामीण क्षेत्रमा गएको दुई वटा पहिरोमा परी ३० जनाको मृत्यु भएको छ । यस पहिरोमा अन्य १२ व्यक्ति बेपत्ता भएको सरकारी सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन् ।

चीनको दक्षिणपूर्वी प्रान्त गुइजोउ पर्ने एउटा ठाउँमा सोमबार गएको पहिरोमा परी २३ जना मृत्यु भएकै बेला बुधबार दोस्रो पहिरो गएर अरू ७ जनाको मृत्यु भएको हो ।

पहिरोले छ लाख क्युबिक मिटर ढुङगा माटो बगाएको सरकारी अधिकारीहरूले सिन्ह्वालाई जानकारी दिएका छन् । उनीहरूले हराइरहेका १२ जनाको खोजी कार्य पनि भइरहेको बताएका छन् ।

गत हप्तादेखि चीनका विभिन्न ठाँउमा ठूलो मात्रामा वर्षा भएको छ । सामान्यतया यस्ता वर्षा हुँदा चीनका ग्रामीण र पहाडी क्षेत्रहरूमा बेलाबेलामा पहिरो जाने गरेको छ ।

जुन र अगस्त महिनामा चीनको दक्षिणपूर्वी क्षेत्रमा अत्यधिक धेरै बाढी पहिरो गएको थियो । सिचुआन प्रान्तमा मात्रै ३० जनाभन्दा बढीको मृत्यु भएको छ भने त्यत्तिकै संख्यामा बेपत्ता भएका छन् ।

केन्द्रीय हुनान प्रान्तमा जुलाई महिनामा मात्रै बाढी पहिरोमा परी ६३ जनाको मृत्यु भएको छ । बाढी पहिरोले १६ लाख नागरिक आफ्नो घरबाट विस्थापित भएका छन् ।

गत हप्ता मात्रै आएको शक्तिशाली आँधी ‘हातो’ले मकाउ, हङकङ र दक्षिणी चीनमा १८ व्यक्तिको मृत्यु भएको थियो ।

Loading...