भाद्र १४,काठमाडौँ / भाद्र १४, आइतबार बात प्रारम्भ हुने एतिहासिक ,साँसकृतिक राष्ट्रिय पर्ब इन्द्र जात्राको तैयारीमा स्थानीय गुठि ,जात्राब्येबस्थापन समिति ,सरोकारवाला संगै स्थानीय प्रहरी प्रशासनले तैयारी अगाडी बढाएको छ । साँस्कृतिक एवं परम्परागत यो जात्रा जति रमाइलो छ ,त्यति नै ब्येबस्थापन र सुरक्षा चुनौती रहेको छ । प्रत्येक बर्ष हुने योजात्रमा विभिन्न गुठि ,सामाजिक संघ सस्था ,सेना र प्रहरीको आ-आफ्नो स्थानमा ठुलो दाइत्वो रहेको हुन्छ । बुधबार काठमाडौँ महानगरीय प्रहरी वृत्त जनसेवाको आयोजनामा शान्ति सुरक्षा ,राष्ट्रिय पर्व इन्द्रजात्रा बिषेक नागरिक तथा भिन्न संघ सस्था संग परिचयात्मक कार्येक्रम गरेको छ । कार्येक्रममा हनुमानढोका सम्रक्षण कार्येक्रमका प्रमुख उदय पस: खल: , जनसेवा समुदायिक प्रहरीका कोषाध्क्ष पवित्र बज्राचार्य लगाएत जात्रा ब्येबस्थापन समितिका पधाधिकारी अन्य सामाजिक संघ सस्था ,सरोकारवालाको सहभागिता रहेको थियो । साँस्कृतिक, राष्ट्रिय पर्वलाई सभ्य तथा शान्त, हर्सौल्हासका साथ सम्पन्न गर्न प्रहरी र नागरिकको सहकार्यले सम्भव हुने हुदा नागरिक सुरक्षालाई विषेस प्राथमिकतामा रहने वृत्त प्रमुख मोहन कुमार थापाले बताउनु भएको छ । काठमाडौँको हनुमानधोका क्षेत्र माथिल्लो टोल ,तल्लो टोल लगाएतमा ‘यँलागाः चौथी’ अर्थात् इन्द्रध्वजपतनसम्म आठ दिन विभिन्न देवी देवतासंग सम्बन्धित नाच, गान र रथयात्रा (विशेषतः कुमारी, भैरव र गणेश) गरेर सम्पन्न गरिने परम्परा रहिआएको छ ।