कालापानी लिम्पियाधुरा जाने कुनै योजना छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेक जाने कुनै योजना नभएको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा सांसद बुद्दीमान तामाङले सोधेको प्रश्नको जवाफ दिदैँ उनले तत्काल त्यहाँ भ्रमण गर्ने कुनै योजना नभएको बताएका हुन् । बरु, उल्टै प्रश्नकर्ता सांसदलाइ प्रधानमन्त्री ओलीके प्रतिप्रश्न गरे, ‘तपाई जाने योजनामा हुनुहुन्छ र ?  सांसद तामाङले प्रधानमन्त्रीले […]

एसईई शुरु भएको २० मिनेटमै बाहिरियो प्रश्नपत्र

मुकेश कुमार यादव, सिरहा । सिरहामा एसईई शुरु भएको २० मिनेट मै अंग्रेजी विषयको प्रश्न पत्र बाहिरिएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको हो । केन्द्राध्यक्ष र प्रहरी प्रशासनकै सेटिङमा मोवाईल प्रयोग गरी प्रश्नपत्र बाहिरिएको स्राेतले जनाएको छ। प्रश्नपत्र कुन परीक्षा केन्द्रबाट आउट भएको भन्ने खुल्न नसकेको […]

चरित्र हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने भारत बिहार घर भएका ४१ वर्षीय नुनु रायलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।  फेसबुकमा साथी बनी सम्बन्धमा समेत रहेर भेटघाटका क्रममा भएका अन्तरङ्ग सम्बन्धका क्रियाकलापहरू रायले गोप्य रूपमा रेकर्ड गरी राखेको र आपसमा मनमुटाउ भए पश्चात […]

उर्जामन्त्रीको उद्घोष : फेरि लोडसेडिङ हुन्छ

काठमाडौं, ६ चैत। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपखड्काले अब देखि साँझको समय केही समय लोडसेडिङ हुने जानकारी दिएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ सुरू  भइसकेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने जानकारी दिएका हुन् । हाल विद्युत्को मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने तर्क गरेका हुन् । […]

मिटरब्याजी शिवचन्द्र समातिए, १ हजार बढीलाई अन्याय गरेको आरोप

रौतहट । मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् । मिटर ब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको पहलमा प्रहरीले उनलाइ पक्राउ गरेको हो ।  जाली तमसुक बनाउने, झुक्याएर जग्गा पास गराउने जस्ता गैरकानुनी क्रियाकलाप अर्थात मिटरब्याजबाट लेनदेन गर्दै आएका शिव चन्द्र साहबाट झण्डै ११ सय  बढी जनतालाइ अन्याय गरेको उनी माथी आरोप लागेको छ […]

कांग्रेसका प्रमुख सचेतक घिमिरेले मागे माफी

काठमाडौ । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं सिन्धुली-१ का प्रतिनिधि सभा सदस्य श्याम कुमार घिमिरेले संसदमा माफी मागेका छन् । यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्ति आलोचित भएपछि उनले बुधबार संसदमा माफी मागेका हुन् । गत चैत ३ गते संसदमा विशेष समय लिएर बोल्दै उनले यौन व्यवसाय खुला गर्नुपर्ने माग गरेका थिए । पर्यटन […]

सात महिनामा १ खर्ब ६१ अर्ब ५७ करोड ११ लाख सहुलियतपूर्ण कर्जा वितरण

सरकारले चालु आर्थिक वर्षको सात महिनाको अवधि (साउन देखि माघसम्म) मा साढे १ खर्ब बढी सहुलियतपूर्ण कर्जा वितरण गरेको छ भने करिब १ खर्ब वितरण गर्न बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधिमा सहुलियतपूर्ण कर्जा १ खर्ब ६१ अर्ब ५७ करोड ११ लाख वितरण गरेको छ । उक्त […]

अब विद्युतीय कार ५ मिनेटमै चार्ज

न्यूजकारखाना, बेइजिङ । चिनियाँ विद्युतीय कार निर्माण कम्पनी बिवाइडीले नयाँ चार्जिङ सिस्टम ल्याएको छ ।  यो चार्जिङ सिस्टमबाट अब विद्युतीय कारमा पेट्रोल भरे झै छिटो चार्ज गर्न सकिने कम्पनीले नयाँ दाबी गरेको छ । कम्पनीले पहिलो पटक चीनभर चार्जिङ नेटवर्क बनाउने घोषणासमेत गरेको छ । द गार्डियनको रिपोर्टका अनुसार  ‘सुपर ई–प्लेटफर्म’ नामक यो प्रणाली १ […]

म्याग्दीमा जीप दुर्घटना, एकको निधन

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो । जीपमा चालकसहित ५ […]

पृथ्वीको सबैभन्दा सानो अन्तर्राष्ट्रिय सिमाना जम्मा ८५ मिटर मात्र

न्यूजकारखाना, काठमाडौं । यदि तपाईंलाई संसारको सबैभन्दा लामो अन्तर्राष्ट्रिय सीमा कुन दुई देशहरू बीच छ भनेर सोधियो भने तपाईंको जवाफ पक्कै पनि क्यानाडा र अमेरिका हुनेछ। यी दुई देशहरू एकअर्कासँग सबैभन्दा लामो अन्तर्राष्ट्रिय दूरी साझा गर्छन्।  तर पृथ्वीको सबैभन्दा सानो अन्तर्राष्ट्रिय सिमाना कुन हो ? भनेर सोधियो भने केही छिन तपाइ अलमलमा पर्नु हुन्छ । […]