अन्तरदेशीय पर्यटन प्रवद्र्धनका लागि सम्झौता

काठमाडौँ, ८ असोज । अन्तरदेशीय पर्यटन प्रवद्र्धन सहकार्यको दायरालाई फराकिलो बनाउँदै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रीयस्तरमा पु¥याई पर्यटन प्रवद्र्धन गर्न त्रिदेशीय सम्झौता भएको छ । होटल एशोसिएशन नेपाल (हान), फेडरेशन अफ होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ इन्डिया र होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ भुटानकाबीच हालै बैंगलोरमा समझदारी भएको हानले आज विज्ञप्तिमार्फत जनाएको छ […]

अमेरिकाले उत्तर कोरिया नजिकै पुर्यायो अत्याधुनिक बमबर्षक विमान

एजेन्सी । अमेरिकाको बमबर्षक विमानले उत्तर कोरिया नजिकै उडान भरेको बताइएको छ । पेन्टागनले सो कुराको दाबी गरेको हो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनकी प्रवक्ता डाना ह्वाइटले उक्त उडान ‘राष्ट्रपतिसँग कुनै पनि खतरासँग जुट्नका लागि थुप्रै विकल्प रहेको’ भनी दर्साउनका लागि गरिएको बताएकी छिन् । केही समय यता उत्तर कोरिया र अमेरिकाबिच वाकयुद्ध निकै तिखो […]

१८६१ बालबालिका कुपोषित

नुवाकोट, ८ असाेज । नुवाकोटका एक हजार ८०० भन्दा बढी बालबालिका कुपोषणबाट ग्रस्त भएको पाइएको छ । ख्याउटेपन भएर बच्चाको तौल न्यून हुँदै मृत्युवरणसमेत गर्ने जोखिम अवस्थाको शीघ्र कुपोषण भएका बालबालिकाको संख्या ३०५ र मध्यम कुपोषण भएका बालबालिका एक हजार ५५६ रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । विभिन्न सामाजिक संस्थासँगको सहकार्यमा स्वास्थ्य कार्यालयले तयार […]

जापानले नेपालको विकासमा सहकार्य गर्ने

टोकियो, ८ असोज । जापान सरकारले नेपालको विकासमा सहकार्य गर्दै जाने जनाएको छ । नेपालको संविधान दिवसका अवसरमा जापानी सरकारका मन्त्रीहरुले नेपाल र नेपालीलाई शुभकामनामार्फत सो भनाइ व्यक्त गरेका हुन् । जापानस्थित नेपाली राजदूतावासले हालै आयोजना गरेको कार्यक्रममा जापानका मन्त्री प्रत्यक्ष सहभागी भएर तथा अर्का एकजनाले शुभकामना सन्देशमार्फत नेपालको आर्थिक तथा सामाजिक विकासमा जोड दिए […]

‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ले अन्तराष्ट्रिय सञ्जाल बढाउने विश्वास

काठमाडौँ, ८ असोज । ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ को अभियानले अन्तर्राष्ट्रिय तहमा सम्पर्क सञ्जाल विस्तार गरी आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरिएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान र तुलसीलाल स्मृति प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा विभिन्न मुलुकका विज्ञले सो अभियानले दक्षिण एसियाको समुन्नतिमा सकारात्मक प्रभाव पार्ने हुँदा त्यसलाई चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रमका […]

जुवाखालबाट बैंकका सिइओ र पार्टीका नेताहरुसँगै पक्राउ । प्रहरीले राख्यो गुपचुप

विराटनगर, ७ असाेज । विराटनगरकाे एक जुवाखालबाट बिभिन्न उच्च अाेहाेदाका व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीर्इअाे), राजनैतिक दलका केही नेताहरु, कर्मचारी र ठूला व्यापारी समेत रहेकाे बताइएकाे छ । तर, प्रहरीले भने याे घटनालार्इ गुपचुपमै राखेकाे छ । साथै पक्राउ परेकाे व्यक्तिहरुका बारेमा केही सूचना दिन मानेकाे छैन । […]

अखाद्य मिठाइ बेच्ने आँगनको कमलपोखरी बिक्रीकेन्द्रमा नेकपाको आक्रमण

काठमाडौं, ७ असोज । अाँगन ब्रान्डकाे एक बिक्री केन्द्रमाथि नेपाल कम्युनिस्ट पार्टीले ताेडफाेड गरेकाे छ । अाँगन ब्रान्डका मिठाइमा अखाद्य बस्तु बढी प्रयाेग हुने गरेकाे र साे विषयमा पटक पटक सचेत गराउँदा पनि गुणस्तरमा सुधार नगरिएकाे भन्दै साे पार्टीले कारवाही गरेकाे जनाएकाे छ । काठमाडाैंकाे कमलपाेखरीमा रहेकाे अाँगनकाे बिक्रीकेन्द्रमा नेकपाकाे मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी […]

कोशी टप्पुबाट चितवन निकुञ्जमा ल्याइएका अर्नाको स्वास्थ्य नाजुक

चितवन, ७ असोज । कोशी टप्पुबाट स्थानान्तरण गरी यहाँ ल्याइएका अर्नाको स्वास्थ्य नाजुक बन्दै गएको छ । गत साउन अन्तिम साता आएको बाढीले घाँसे मैदान र पानी पोखरी पुरिएको, पानी प्रदूषित भएको र आवश्यक खानाको अभावका कारण अर्नाको स्वास्थ्य बिग्रेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बाढीपछि दुई अर्ना मरिसकेका […]

कँडेललाई ‘मदन पुरस्कार’ र वात्सायनलाई ‘जगदम्बाश्री’

काठमाडौँ । मदन पुरस्कार गुठीले विसं २०७३ को ‘मदन पुरस्कार’ ‘धृतराष्ट्र’ खण्डकाव्यका लागि कवि घनश्याम कँडेल र ‘जगदम्बाश्री’ पुरस्कार व्यङ्ग्यचित्रकार दुर्गा बराल ‘वात्सायन’लाई प्रदान गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितले उनीहरूलाई आज जनही दुई लाख पुरस्कारसहित सम्मानपत्र प्रदान गरे । गुठीले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास, विस्तार र प्रवद्र्धन गर्ने व्यक्तिलाई प्रत्येक वर्ष […]

आयुर्वेद चिकित्सा, अनुसन्धान र जडीबुटी उत्पादनमा चीनले सहयोग गर्ने

काठमाडौँ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत यू होङले आयुर्वेद चिकित्सा सेवालाई सहयोग गर्न चीन सरकार तयार रहेको बताएका छन् । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री पोखरेलसँगको भएको भेटमा उनले आयुर्वेद चिकित्सा सेवा, अनुसन्धान र जडीबुटी उत्पादनका क्षेत्रमा चिनियाँ सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल सरकारका तर्फबाट ल्याइएका योजनालाई […]