काठमाडौ । पत्रकार किरण पौडेल र सुदर्शन आचार्य कानुन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । शनिबार आयोजित समारोहमा नेपाल बार एसोसियसनले पत्रकार पौडेल र आचार्यलाई नगद र कदर पत्र सहित पुरस्कृत गरेको हो । नेपाल बार एसोसियसनको वार्षिक साधारण सभा तथा नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण कार्यक्रमकाबीच उनीहरु पुरस्कृत भएका हुन् । वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्ण […]
Author: Nonstop Khabar
चराको गुँड बनाउन सहयोग गर्दै मध्यपुर थिमि नगरपालिका
भक्तपुर । आधुनिक भवन निर्माणसंगै चराचुरुङ्गीको बासस्थान घट्दै गएकोप्रति मध्यपुर थिमि नगरपालिकाको ध्यानाकर्षण भएको छ । नगरपालिकाले चरा संरक्षणका लागि चरामैत्री बासस्थान अर्थात् उनीहरूका लागि गुँड बनाइदिन शुरु गरेको हो । चरा संरक्षण अभियानका अभियन्ता बाबुकाजी श्रेष्ठ लगायतको पहलमा नगरपालिकाले चराको लागि बासस्थान बनाउन सहयोग गरेको नगर प्रमुखका स्वकीय सचिव पवन सिबन्जा श्रेष्ठले बताएका हुन् […]
बुटवलमा युवतीमाथि गोली प्रहार
बुटवल । बुटवल उपमहानगरपालिका -११, बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी गम्भीर घाईते भएकी छन् । पाल्पा रैनादेवी छहरा घर भई बुटवल बुद्धनगरमा बस्दै आएकी युवती टिका बिष्ट क्षेत्रीलाई गोली लागेको प्रहरीले पुष्टि गरेको छ । उनको कम्मर माथि ढाडमा गोली लागेको प्रहरीले जनाएको छ। घाईते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा […]
हस्तकला उत्पादक संघको नेराकस अध्यक्षमा श्रेष्ठ
काठमाडौ । नेपाल राष्ट्रिय कर्मचारी संगठन, हस्तकला उत्पादक संघको केन्द्रीय समितिमा सत्यराम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । रविभवनमा सम्पन्न सातौं अधिवेशनले श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठन सरकारी स्वायत्त संघका अध्यक्ष प्रकाश अवालेको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा विशिष्ठ अतिथि विष्णु कुमार श्रेष्ठ र अथिति निर्मला […]
भक्तपुरमा विद्यालय योगाभ्यास पाठ्यक्रम पूर्णता दिन बन्यो समिति, यसै वर्ष कार्यान्वयन हुने
भक्तपुर । देशकै सानो जिल्ला भक्तपुरले योग शिक्षाको क्षेत्रमा ठूलो योजना अघि सारेको छ । विद्यालयस्तरमै योगाभ्यास पाठ्यक्रम कार्यान्वयनमा ल्याउने भक्तपुर पहिलो जिल्ला बन्न लागेको हो । यसका लागि जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला आयुर्वेद कार्यालय, शिक्षक महासंघ र योग समन्वय समितिको संयुक्त प्रयासमा ९ सदस्यीय पाठ्यक्रम तयारी एवं कार्यान्वयन समिति […]
कटुन्जेमा ६० वर्षभन्दा माथिकालाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुर । सूर्यविनायक नगरपालिका–५, कटुन्जेमा ६० वर्षभन्दा माथिका नागरिकहरूलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्वास्थ्य शिविर वैशाख ८ गते, सोमबार बिहान ११ बजे देखि ३ बजेसम्म कटुन्जे स्वास्थ्य चौकीमा सञ्चालन हुने वडाध्यक्ष जोशीले जनाएका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को आयोजनामा हुने सो शिविरमा भिडियो एक्स–रे मार्फत पेटको परीक्षण […]
नगरकोटमा पाटे बाघ पाइएको विषयमा वन कार्यालय नै छैन बिश्वस्त
भक्तपुर । भक्तपुरको पर्यटकीय नगर चाँगुनारायणको नगरकोट क्षेत्रमा पाटे बाघ पाइएको हल्लाले मानिसहरु त्रसित भएका छन् । बाटोमै हिड्दै गरेको बाघको तस्वीर सहित बाँस्तोला गाउँदेखि गडगडेसम्मको जंगलको यात्रामा सावधानी अपनाउन सामाजिक संजालमार्फत स्थानीयहरुले अनुरोध गरेपछि पर्यटकहरु त्रसित हुनु स्वभाविकै हो । नगरकोटमा पाटे बाघ देखिएको विषयमा डिभिजन वन कार्यालय भने बिश्वस्त छैन । “मर्निङ वाकको […]
सिडिओलाई एमाले ट्याग
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ स्थित हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने प्रस्तावले विवाद उत्पन्न भएको छ। यस प्रस्तावको विरुद्धमा ‘हेटौंडा अस्पताल बचाउ संघर्ष समिति’ नै गठन गरी बिरोध प्रदर्शनहरु भएका छन् । प्रहरीले विरोध अभियानमा संलग्न ६ जना युवाहरूलाई वार्तामा बोलाई हिरासतमा लिएको आरोप लागेको छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी […]
गाह्रो गणितलाई सजिलो बनाउने विधिमा इम्बार्क अनम्याथ
काठमाडौं । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै पढाउने गरिएको छ । गणितलाई प्रायः जसो कण्ठ गराउँदै र विभिन्न फर्मुलाहरूमा केन्द्रित भइ पढाउने गरिन्छ । त्यसले विद्यार्थीहरुमा गणितप्रति इच्छा जाग्नु भन्दा डर उत्पन्न गरिरहेको छ । त्यसैले विद्यार्थीहरूलाई वास्तविक जीवनमा गणितको प्रयोगलाई प्रोत्साहित गर्न इम्बार्क अनम्याथले फरक तरिका ल्याएको छ । गणितलाई संगीत, कला, […]
उपप्रमुख श्रेष्ठको शल्यक्रिया सफल
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख बिजयकृष्ण श्रेष्ठको पित्तथैलीकाे शल्यक्रिया गरिएको छ । शुक्रबार शल्यक्रिया सम्पन्न भएको हो । उनको शल्यक्रिया सफल भएको र अहिले पोस्ट वार्डमा रही उनी स्वास्थ्य लाभ गरिरहेका उनका स्वकीय सचिव सचिन बज्राचार्यले बताए । माओवादी केन्द्रका नगर अध्यक्ष समेत रहेका नगरपालिकाको उपप्रमुख श्रेष्ठ तीन महिनादेखि पित्तथैलीमा पत्थरीको समस्याले ग्रसित […]











