पहिचान पनि भेटिने र द्वन्द पनि मेटिने भन्दै प्रदेश नम्बर ३ को नाम प्रस्ताव

मकवानपुर, ९ जेठ । प्रदेश नम्बर ३ को नाम ‘नेवाः तामसालिङ्’ राख्न माग गरिएको छ । प्रदेश सभा सदस्यहरुले लिखित प्रस्ताव पेश गर्दै यस्तो माग गरेका हुन् । पहिचान पनि भेटिने र द्वन्द पनि मेटिने भन्दै नाम प्रस्ताव गरिएको हो । विहीवार प्रदेश सभाका सदस्यहरु ओम बहादुर घलान र प्रतिमा श्रेष्ठले प्रदेश सभामुख समक्ष नामका […]

सरकारले गोली हानेर कार्यकर्ता हत्या गरेपछि आक्रोशित विप्लवको चेतावनीपूर्ण विज्ञप्ति

काठमाडौं । भाेजपुरमा सरकारले अाफ्ना एक कार्यकर्तालाइ गोली हानेर हत्या गरेपछि आक्रोशित भएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले चेतावनीपूर्ण विज्ञप्ति जारी गरेका छन् ।  बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै विप्लवले हत्याकाे बदला अब जनताले लिने चेतावनी समेत दिएका छन् । उनले हत्याका विरुद्ध जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु पनि घोषणा […]

फिफाले कतार विश्वकपमा ४८ टिम सहभागी नगराउने

काठमाडाैं । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलमा सहभागी हुने टिमको संख्या ४८ बनाउने योजना थाती राखेको छ । गएको वर्ष फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सहभागी टिमको संख्या ३२ बाट बढाउने योजना सन् २०२६ भन्दा अघि नै अर्थात २०२२ मै लागु गर्न सकिने बताएका थिए । तर सहभागी टिमको […]

महिलामाथि मध्यरात धारिलो हतियार प्रहार गरी गम्भीर घाइते

विर्तामोड । मेचीनगर नगरपालिका १० धुलाबारीमा बुधबार राति एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ। मध्यरातमा आफ्नै घरभित्र धारिलो हतियार प्रहार भएका कारण ४१ वर्षीया आरती चौहान गम्भीर घाइते भएकी छिन्। उनको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ। हतियार प्रहार गर्नेको खोजी भइरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक […]

मेस्सीको कप्तानीका अर्जेन्टिनाले गर्यो राष्ट्रिय टिम घोषणा

काठमाडाैं । कोपा अमेरिका फुटबलका लागि अर्जेन्टिनाले राष्ट्रिय टीमकाे घाेषणा गरेकाे छ । अागामी जुन १४ देखि जुलाई ७ सम्म ब्राजिल हुने काेपा अमेरिका फुटबल प्रतियाेगिताका लागि अर्जेन्टिनाले टाेलीकाे घाेषणा गरेकाे हाे । अर्जेन्टी टिमका प्रशिक्षक स्कोलानी छन् । उनले मेसीकाे कप्तानीमा कोपा अमेरिकाका लागि अर्जेन्टिनाकाे २३ सदस्यीय टोली रहने बताएका छन् । टोलीमा म्यानचेस्टर […]

पत्रकार महासंघको आन्दोलनलाई विप्लवको समर्थन

काठमाडौ, ८ जेठ । सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धी विधेयकका विरुद्ध आन्दोलनमा उत्रेको नेपाल पत्रकार महासंघको आन्दोलनलाई नेत्रविक्रम चन्द विप्लवले समर्थन जनाएका छन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघको नेतृत्वमा पत्रकारहरुले सुरु गरेको आन्दोलनलाई आफ्नो पार्टीको समर्थन रहेको घोषणा गरेका हुन् । उनले विज्ञप्तिमा भनेका छन्, “स्वतन्त्र पत्रकारितामाथि सरकारको […]

चीनसँगको व्यापार युद्ध अन्त्य गर्न १७० बहुराष्ट्रिय कम्पनीको ट्रम्पलाई चेतावनी

काठमाडाैं । विश्वका चर्चित कम्पनीहरुले चीनसँगको व्यापार युद्ध बन्द गर्न अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पलाइ सुझाव दिएका छन् । फुटवेयर अर्थात जुत्ता निर्माणको क्षेत्रका विश्वमा कहलिएका १७० कम्पनीलेहरुले ट्रम्पलाई यस्ताे सुझाव दिएका हुन् ।  जारी व्यापार युद्धको असर उपभोक्तामा भयानक हुने भन्दै उनीहरुले राष्ट्रपति ट्रम्पलाई समाधानको बाटो खोज्न आग्रह गरेका हुन् । नाइकी र एडिडाससहितका १७० […]

गण्डकी प्रदेशका मुख्यमन्त्रीले भने, ‘प्रधानमन्त्री संविधानको मर्मविपरित बोल्न थाल्नुभयो’

पोखरा, ८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको बोली फेरि एकपटक विवादमा आएको छ । कहिले संसदभित्र त कहिले सार्वजनिक मञ्चमा तिखो र टर्रो टिप्पणी गरेर विपक्षीहरुलाई चिढाउने प्रम ओलीको पछिल्लो बोलीले आफ्नै पार्टीबाट प्रदेशका मुख्यमन्त्री बनेकाहरुलाई चिढाएको छ । प्रधानमन्त्री ओलीले एक कार्यक्रममा प्रदेश र स्थानीय सरकार केन्द्र सरकार मातहतकै अंग हुन भन्दै भाषण […]

अर्घाखाँचीमा बस दुर्घटना, २५ घाइते ८ को अवस्था गम्भीर

अर्घाखाँची । अर्घाखाँचीको भुवनपाटामा मंगलबार साँझ बस दुर्घटना हुँदा २५ जना घाईते भएका छन् । घाईतेमध्ये ८ जनाको अबस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । सुपादेउराली मन्दिर दर्शन गरेर बुटवलतर्फ आउँदै गरेको लु १ ख ७९४१ नम्बरको बस गोरूसिङगे सन्धिखर्क सडक खण्डको भुवनपाटाको पुलमा दुर्घटना भएको हो । घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि मेडिकल […]

प्रहरीले गोली हानेर विप्लवका कार्यकर्ताको हत्या

काठमाडौं । प्रहरीले गोली हानेर गिरफ्तार गरेका नेपाल कम्युनिष्ट पार्टी भोजपुरका कार्यकर्ता  तीर्थराज घिमिरेको मध्यराति मृत्यु भएको छ । मंगलबार भाेजपुरको टेम्केमैयुङ गाउँपालिका वार्ड नं १ बाट गिरफ्तार गरिएका घिमिरेकाे उपचारका क्रममा मृत्यु भएकाे हाे । घिमिरेलाइ उनकाे घरबाटै गिरफ्तार गरी  हत्कडी लगाएकाे र त्यसपछि प्रहरीले गोली हानेको नेकपा भोजपुरले जनाएकाे छ । नेकपाका भाेजपुरका […]