एमए अन्तिम वर्षका विद्यार्थीले मृत्युको रहस्य बुझ्न भन्दै गरे आत्महत्या

काठमाडाैं । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका एक छात्रले विश्वविद्यालयकै पुस्तकालयमा आत्महत्या गरेका छन् । नवभारत टाइम्सका अनुसार ती छात्रको शव पुस्तकालयको एक कोठामा पंखामा पासो लगाएको अवस्थामा भेटिएको हो । आत्महत्या गर्नु पहिले ती छात्रले विश्वविद्यालयका एक प्राध्यापकलाई इमेल गरेर आत्महत्याका बारेमा बताएका थिए । आत्महत्यका लागि उनले ल्याण्डलाइन टेलिफोनको तार प्रयोग गरेका हुन् । […]

भारतीय चरेस तस्कर छुटाउन सांसदलाई बन्धक बनाउने प्रयास, मध्यरातमा प्रहरीले गर्यो उद्धार

बाँके । बाँकेकाे प्रदेशसभा १ बाट निर्वाचित सांसद कृष्णा केसी (नमूना) लाई शुक्रबार उनकै निर्वाचन क्षेत्रमा बन्धक बनाउने प्रयास गरिएको छ । भारतीय सीमाको नरैनापुर गाउँपालिकाको कार्यालयमा केही नेपाली नागरिकसहित भारतीय नागरिकको घेराबन्दीमा परेकी बाँके क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य केसीलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले सकुशल उद्धार गरेर राति दुई बजे […]

पूर्व–पश्चिम राजमार्गमा दुई बस ठोक्किएर भयानक दुर्घटना

हेटाैडा, ४ जेठ । पूर्व–पश्चिम राजमार्गको हेटौँडा–३, बसामाडीमा दुईवटा बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। शनिबार काठमाडौँबाट जनकपुर जाँदै गरेको ना ७ ख ९३६ नं को यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २०५७ नं को अर्को यात्रुबाहक बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा […]

कुकुरले जमिनमुनि गाडिएको शिशुलाइ जीवितै उद्धार गर्यो

काठमाडाैं । थाइल्यान्डमा एक कुकुरले जमिनमुनि गाडिएको नवजात शिशुलाई जीवितै उद्धार गरेको छ। प्रहरीका अनुसार १५ वर्षिया किशोरीले आफ्नो गर्भवस्था लुकाउन भर्खर जन्माएको छोरा फालेका थिए। किशोरीले शिशुलाई जमिनमुनि गाडेकी थिइन्। बान नङ खान गाउँमा पिङ पङ नाम गरेको कुकुरले जब शिशुलाई जमिनमुनि भएको थाहा पायो। उसले जमीन खोतल्यो। कुकुरले शिशु जिवितै देखेपछि आफ्ना मालिकलाई […]

यसरी मनाइदैछ २५६३ औं बुद्ध जयन्ती

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज (शनिबार) देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्। नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई ६०० […]

ब्राजिलको राष्ट्रिय टोलीबाट मार्सेलो आउट, नेयमारको नेतृत्वमा नयाँ टिम घोषणा

एजेन्सी । ब्राजिलले २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । घरेलु भूमिमा हुन लागेकाे कोपा अमेरिका फुटबलका लागि ब्राजिल फुटबल संघले राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको हो । टाेलीमा स्टार खेलाडी नेयमार परेका छन भने अर्का चर्चित डिफेन्डर मार्सेलाे भने समावेश गरिएका छैनन । प्रतियोगिता ब्राजिलको पाँच शहरमा हुने छ । जुन १४ […]

द झुण्डिएको लालको विन्ति-पत्र !

दैनिक तपाईका जुत्ता जिब्रैले चाटेर टल्काउँला मालिक हजुरको आदेश नपाई शौच पनि नगरौंला हजुरको जय जय नगरी हरेक विहान पानी पनि नपिउँला यो झण्डाको त के भर भयो र मालिक यो त देखाउनको लागि न हो सत्य सत्य भगवान कसम मालिक मलाई हजुरको आजीवन दास बन्ने रहर छ मलाई तथास्तु भनिदिनोस मालिक ! बर्गका कुरा […]

सरकारसँग विप्लवले देखाए वार्ता गर्ने संकेत (हेर्नुहोस ताजा अन्तरवार्ता)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारले साम्राज्यवादीहरुका सामु आत्मसमर्पण गरेर आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएको दावी गरेका छन् । सरकारले लगाएको प्रतिबन्धविरुद्ध पार्टीले कस्तो रणनीति बनाएको छ भन्नेबारेमा खुलेर कुरा गर्दै महासचिव विप्लवले जनताले यसलाई असफल पारिदिएको पनि दावी गरेका छन् । पार्टीको आधिकारिक पत्रिका रातो खबरद्वारा सञ्चालित अनलाइन टेलिभिजनलाई अन्तरवार्ता दिँदै विप्लवले देशमा […]

पर्सामा भारतीय र नेपालीबीच ठूलो झडप, पाँच घाइते

काठमाडौं, ३ जेठ । पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेको घटना सार्वजनिक भएपछि सो क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ । इलाका प्रहरी कार्यालय ठोरीले दिएको घटना विवरणअनुसार, केही भारतीय बिहीबार ठोरीमा रहेको झोलुङ्गे पुल हेर्न आउँदा बाटो बिराउँदा त्यहाँ रहेका भिखना ठोरीकै ३३ […]

मदन भण्डारीकै जवजलाइ वैज्ञानिक कार्यदिशा मान्न प्रचण्ड सहमत

काठमाडौं, ३ जेठ । कुनै समय प्रचण्ड मदन भण्डारी प्रतिपादित जनताकाे बहुदलीय जनवादलाइ काम नलाग्ने संशाेधनवादी विचार हाे भन्थे । तर, हिजाे आज उनी मदन भण्डारीकै प्रेरणामा आफू कम्युनिस्ट आन्दाेलनमा विचारकाे विकासमा लागेकाे भन्न थालेका छन् । यसैक्रममा मदन आश्रित स्मृति दिवसको अवसरमा नेकपाले बल्खुमा शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको कम्युनिस्ट […]