अरुणाञ्चल एम्बुस विस्फोटमा परी विधायकसहित ११ जनाको मृत्यु

काठमाडौं, ८ जेठ । भारतको अरुणाञ्चल प्रदेशमा विद्राेहीहरुकाे आक्रमणमा परी एक जना विधायकसहित ११ जनाको मृत्यु भएको छ। अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा मंगलबार भएको एम्बुस आक्रमणमा नेशनल पिपुल्स पार्टी (एनपीपी) का विधायक तिरोङ अबोसहित ११ जनाको ज्यान गएको भारतीय पत्रिका द हिन्दु दैनिकले जनाएको छ। तिरोङ अबो मेघालयका मुख्यमन्त्री कानराड संगमाको पार्टीका विधायक हुन्। विधायक […]

सातवटा टावर सदरमुकाममै अलपत्र परेपछि ६ महिनादेखि जाजरकोटमा टेलिफोन सेवा अवरुद्ध

काठमाडाैं । नेपाल टेलिकमले अावश्यक चासाे नदिँदा जाजरकाेटवासी टेलिफाेन सेवाबाट बञ्चित भएका छन् । जिल्ला सदरमुकामभन्दा बाहिर अहिले पनि टेलिफाेन सेवा राम्ररी सुरु हुन सकेकाे छैन । नेपाल टेलिकमकाे जिएसएम प्रविधि नमस्तेको टावर समयमै निर्माण नहुँदा जिल्लावासी टेलिफाेन सेवाबाट बञ्चित भएका हुन् । जिल्लाका विभिन्न ठाउँमा निर्माण गर्ने भनि सदरमुकामसम्म ढुवानी गरि ल्याइएका नमस्तेका टावर […]

नेकपाका केन्द्रीय सदस्य शितलसहित तीन नेता गिरफ्तार

सुर्खेत, ७ जेठ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भेरी ब्यूरो इन्चार्जसहित तीन जनालाइ गिरफ्तार गरेकाे छ । नेकपाका भेरी ब्यूराे इन्चार्ज तथा केन्द्रीय सदस्य बलबहादुर वली ‘शितल’ सहितका तीन जना नेता सुर्खेतबाट पक्राउ परेका हुन् । स्राेतका अनुसार सुर्खेतको भेरिगंगा नगरपालिका ५ गेरपानीबाट नेकपाका भेरी ब्यूरो ईन्चार्ज शितलसँगै नेकपाका सुर्खेत जिल्ला […]

विप्लवका कार्यकर्तामाथि प्रहरीले चलायो अन्धाधुन्द गोली, घाइते अवस्थामा एकजना गिरफ्तार

काठमाडौं, ७ जेठ । भोजपुरमा प्रहरीले गोली हानेर नेकपा कार्यकर्तामाथि गोली हानेर घाइते बनाएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिका १ अन्तर्गत धोत्लेखानीमा बसेका नेकपा कार्यकर्ता तीर्थराज घिमिरमाथि प्रहरीले गोली हानेको हो । गाेली लागेर घाइते भएका घिमिरेलाइ प्रहरीले गिरफ्तार समेत गरेकाे छ ।  प्रहरीले चलाएको गोलीबाट घिमिरे घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको जिल्ला […]

बारबर्दियामा ‘सिकल सेल’ नियन्त्रणको मोडल अभियान

बर्दिया, ७ जेठ । थारु समुदायमा आतंक बनेको सिकल सेल एनिमिया रोग नियन्त्रण गर्न बर्दियाको एक नगरपालिकाले नेपालमा पहिलो पटक ठूलो पाइलट प्रोजेक्ट सुरु गरेको छ । बारबर्दिया नगरपालिकाले आफ्नो नगरपालिकामा नेपालमै पहिलो पटक ‘सिकल सेल’ रोग सम्बन्धी अभियान सञ्चालन गरेको हो । उक्त नगरपालिकाका मेयर दुर्गाबहादुर थारु ‘कविर’ले आफैले पहल गरेर एक वर्ष अघि […]

खुकुरीले ९ जनालाई सिध्याउने घटनाका आशंकित व्यक्ति नै झुण्डिएको अवस्थामा फेला परे

फिदिम, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको घटनामा अाशंका गरिएका व्यक्ति  झुण्डिएको अवस्थामा फेला परेका छन् । मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष उर्मिला राईले ती युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको जानकारी दिएकी हुन् । झुण्डिएको अवस्थामा फेला परेकाे शव मानबहादुर माखिमको भएकाे प्रहरीले पत्ता लगाएकाे छ […]

२४ औं पटक सर्वोच्च शिखर सगरमाथामा चढेर कामिरिताले तोडे आफ्नै रेकर्ड

काठमाडौं । कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर पुनः आफ्नै रेकर्ड तोडेका छन्। मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा २४ औं पटक सरमाथाको सफल आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन्। उनको आरोहण कम्पनी सेभेन समिटका अनुसार शेर्पाले नेपाली मोहोडाबाट शिखर चुम्दै कीर्तिमान राखेका हुन्। आजको आरोहणसँगै ४९ वर्षीय कामिरिता […]

सुमार्गीलाई ४ अर्ब कर तिर्न राजस्व कार्यालयको ताकेता, राजश्वको पत्र बुझ्नै मान्दैनन सुमार्गी

काठमाडौं, ७ जेठ । आन्तरिक राजस्व कार्यालयले व्यापारी अजेयराज सुमार्गीलाई साढे ४ अर्ब बढी राजश्व तिर्न ताकेता गरेकाे छ । विवादित व्यापारी सुमार्गीकाे कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले ७ वर्षअघि आफ्नो ७५ प्रतिशत सेयर बिक्री गर्दा सरकारलाई तिर्नुपर्ने राजश्व नतिरेकाे भेटिएपछि यस्ताे ताकेता गरिएकाे हाे । सुमार्गीले कम्पनीको सेयर साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडमार्फत स्विडेनको कम्पनी […]

पाँच तहका विचौलियाले यसरी बनाउँछन खानै नसकिने तरकारी

काठमाडौ, ७ जेठ । सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी हटेको छैन । सरकारले करिब ९ महिनाअघि र आइतबार राति गरेको बजार अनुगमनमा समस्या उस्तै पाइएको हो । किसानले उत्पादन गरेको तरकारी अझै पाँच तह पार गरेर मात्र उपभोक्तासम्म पुग्ने गरेको अनुगमनले देखाएको छ । हरेक तहमा मूल्य बढदा […]

एकैरात खुकुरीले हानेर ९ जनाको विभत्स हत्या

फिदिम । पाँचथरमा भयानक घटना घटेको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९ जनाको खुकुरी प्रहार गरी हत्या भएको हो । खुकुरी प्रहार गर्न लाग्दा हामफालेर भाग्ने क्रममा १ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले २ परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि […]