रातामाटेमा एकाएक भारतीय ट्रक पल्टिँदा ८ गाडी ठोक्किए, २ को मृत्यु ८ घाइते

हेटौंडा, ७ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा भारतीय नम्बर प्लेटको ट्रक पल्टिर सडकमा गुडिरहेका अन्य सवारीसाधनलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर अन्य ८ जना घाइते भएका छन् । वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको एन–एल–ओ–आईडी ८०३१ ओभरलोड ट्रक उकालो चढ्न खोज्दा बिग्रिएको थियो । मर्मतपछि हेटौंडातर्फ जान लागेको ट्रक मंगलबार […]

कतारसंग हार पछि नेपाली टिमलाई पुर्वकप्तान बिनोद दासको प्रश्न

टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) अन्तर्गत टि-२० वरियतामा ११ औं वरियतामा रहेको नेपालले आफ्नो पहिलो खेलमा वरियतामा २१ औं नम्बरमा रहेको कतारसंग हार बेहोर्दै निराशाजनक सुरुवात गरेको छ। सिंगापुरको इन्डीएन एसोसीएसन मैदानमा टस जितेर ब्याटिंग रोजेको नेपालले खराब ब्याटिंग गर्दै १२२ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो। जवाफमा सिंगापुरले १९.२ ओभरमा मात्र ६ […]

पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

पोखरा, ७ साउन । नवआदर्श सामुदायिक विकास समाजले तीज महोत्सवको अवसरमा यहाँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ८आँै संस्करणको उक्त प्रतियोगिता लामाचौरमा आगामी भदौ १२ देखि १६ गतेसम्म हुनेछ । प्रतियोगितामा आठ टोली सहभागी हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार संयोजक बुद्धिबहादुर कार्कीले जानकारी दिए । राष्ट्रिय महिला भलिबलसँगै विद्यालयस्तरीय […]

बालिकामाथि बलात्कार गर्ने पक्राउ

विदुर, ७ साउन । नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित दुई बालिकालाई करणी र बालयौन दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ घर भएका २६ वर्षीय धु्रव राई विगत केही वर्षदेखि नुवाकोटमा पुनःनिर्माण पछिका घर बनाउने काम गर्दै आइरहेका थिए । सोही काम गर्ने क्रममा गत शुक्रबार ११ वर्षीया बालिका खेलिरहेका बेला […]

दुवै मृगौला बिग्रिएका क्रिकेट खेलाडी सिंहलाई ५१ हजार सहयोग

गौशाला, ७ साउन । जिल्ला क्रिकेट सङ्घ महोत्तरीले दुवै मिर्गौला खराब भएका एक राष्ट्रिय क्रिकेट खेलाडीलाई उपचारका लागि रु ५१ हजार सहयोग गरेको छ । सङ्घले काठमाडौँमा उपचार गराउँदै आएका जलेश्वर नगरपालिका–९ फुल्हट्टाका २१ वर्षीय कुन्दनकुमार सिंहलाई आज सो रकम प्रदान गरेको हो । सङ्घका जिल्ला अध्यक्ष रोशनकुमार सिंहले जलेश्वरमा एक कार्यक्रम गरी पीडित खेलाडीका […]

खोटाङमा पुष्पलालको शालिक अनावरण

खोटाङ, ७ साउन । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिक आज दिक्तेलस्थित भवनगैरामा अनावरण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यालय अगाडि स्थापना गरिएको शालिक स्वर्गीय नेता पुष्पलालको ४१ औँ स्मृति दिवसको अवसर पारेर अनावरण गरिएको हो । धातुद्वारा निर्मित संस्थापक नेता पुष्पलालको अर्धकद्को शालिक नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला सह–इन्चार्ज समिता कार्की ‘अस्मिता’ले […]

बोरिस जनसन ब्रिटेनको भावी प्रधानमन्त्री

ब्रिटेनको कन्जर्भेटिभ दलले प्रधानमन्त्री टरिसा मेको उत्तराधिकारीका रूपमा बोरिस जनसनलाई चुनेको छ। टोरी दलको नेतृत्वको प्रतिष्पर्धाको परिणाम ब्रिटेनको स्थानीय समयानुसार पौने १२ बजे घोषणा भएको हो। दलका लगभग एक लाख ६० हजार सदस्यले गरेको मतदानको निर्णय लण्डनमा सार्वजनिक भएको हो। परिणाम सार्वजनिक भएपछि नयाँ नेताका रूपमा जनसनले पार्टीपंक्तिलाई सम्बोधन गरेका थिए। बुधवार उनले टरिजा मेको […]

ऋणीसंग चर्को सेवा शुल्क नलिन केन्द्रीय बैंकको कडा निर्देशन

nepal-rastra-bank

काठमाडौँ, ७ साउन । बैंक तथा वित्तीय संस्थाले ऋण दिँदा सेवाग्राहीसँग चर्को सेवा शुल्क लिएको भन्दै नेपाल राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । कर्जा प्रवाह गर्दा प्रशासनिक सेवा शुल्क, अग्रिम भुक्तानी र प्रतिबद्धता शुल्कलगायत अन्य धेरै शीर्षकमा बढी रकम लिएको गुनासो आएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कडाइ गर्न लागेको हो । बैंक […]

दक्षिण कोरियाद्वारा रुसी विमानमाथि गोली प्रहार

७ साउन, एजेन्सी । दक्षिण कोरियाले रुसी ए-५० सैनिक विमानमाथि गोली प्रहार गरेका छन् । रुसी विमानले आफ्नो आकाशमा बिनाअनुमति प्रवेश गरेकाले चेतावनी स्वरूप गोली प्रहार गरेको जनाएको छ । रक्षा मन्त्रालयका अधिकारीहरूले जापानले आफ्नो भूभाग दाबी गर्ने कोरियाको डोक्डोरताकेशीमा टापुमाथि सो विमान उडेको बताएका छन्। दक्षिण कोरियाले लडाकु विमानहरू जम्मा गरेको र सो विमानलाई चेतावनी […]

सिन्धुपाल्चोकका किसानहरु चिया खेतीतर्फ आकर्षित

चौतारा, ७ साउन । आफूले दुःख गरेर लगाएको अन्न बालीलाई बाँदर, दुम्सी र बँदेल लगायतका जङ्गली जनावरले हरेक वर्ष नोक्सान गर्न थालेपछि सिन्धुपाल्चोक लेकाली भेगका किसानले विकल्पका रुपमा चिया खेती गर्न थालेका छन् । समुद्री सतहबाट करीब दुई हजार ५०० मिटरको उचाइमा पर्ने चौतारा सागाचोकगढी नगरपालिका–१ स्याउलेअन्तर्गतका सानो ओख्रेनीमा यस वर्ष ६ हजार ६०० चियाका […]